अजी फाईनान्स एण्ड होम लोन्सले सिड्नीसहित मुख्य शहरमा जानकारीमूलक सेमिनार गर्दै

यतिबेला अष्ट्रेलियाको घरजग्गाको कारोबारमा केही मन्दी आएको छ । लगानीकर्ताहरुको लागि यो अवसर पनि हुनसक्छ र चुनौती पनि । विगत लामो समयदेखि घर खरिदका लागि ऋणको व्यवस्थापनमार्फत सहायता गर्दै आएको अजी फाईनान्स एण्ड होम लोन्सले यही कुरालाई ध्यानमा राखेर  सिड्नीसहित अष्ट्रेलियाका विभिन्न शहरमा जानकारीमूलक सेमिनार गर्ने भएको छ । सिड्नीमा आज साँझ ५ बजे पारमाटामा ईन्फर्मेसन सेसन हुनेछ भने ब्रिसबेनमा १८ जुनमा कार्यक्रम गरिनेछ । एक्स्पर्ट ग्रुप अन्तर्गतको अजी फाईनान्स एण्ड होम लोन्सले ब्रिसबेनमा एक्सपर्ट एजुकेशन एण्ड माईग्रेसन फेयरकै समयमा घर जग्गा खरिद गर्न ईच्छुक व्यक्तिहरुलाई जानकारी समेत दिनेछ । ब्रिसबेनको अजी फाईनान्सका प्रतिनिधि टिका सुवेदीका अनुसार पहिलो घर किन्नका लागि आवश्यक परामर्श, लगानीकर्ताहरुको लागि जानकारी, घर वा जग्गा खरिद गरिसकेकाहरुलाई रिफाईनान्सका साथै व्यवसायिक ऋण, व्यापारका लागि ऋणमा समेत उचित परामर्श प्रदान गरिनेछ । उक्त अवसरमा सहभागी हुनेहरुमध्ये केहीलाई ५ सय डलरको गिफ्ट भौचर पनि प्रदान गरिने भएको छ । सिड्नी ब्रिसबेनपछि यस्तो सेमिनार जुन २७ तारिखका दिन मेलबर्नमा हुनेछ भने २८ जुनमा एडिलेडमा कार्यक्रम गर्ने तयारी भएको कम्पनीका कन्सल्टेन्ट विष्णु हमालले एमएनटीभीलाई जानकारी दिनुभयो ।अजी फाईनान्स एण्ड होम लोन्सअष्ट्रेलियाका विभिन्न शहरमा कार्यालय रहेको पहिलो कम्पनी हो । अहिलेसम्म कम्पनीले सैयौं अष्ट्रेलियनहरुलाई सहायता र सेवा प्रदान गरिसकेको छ ।

(Visited 77 times, 1 visits today)

सम्बन्धित समाचारहरू

तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित
अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्
मेलबर्नमा रेस्लिङको अखडा र नेपाली झण्डा, यसो भन्छन् अन्जित श्रेष्ठ
जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
एनआरएन एडिलेडले निशुल्क मनोरञ्जन र खानाका साथ ठूला चाडको स्वागत गर्ने तयारी
मेबलर्नमा जेष्ठ नागरिकहरुको अधिवेशन, डा. सुभद्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
नेपाली राजदूतको न्यूसाउथवेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा उठेका यी बुँदा
गोपाल थपलियाकै उपस्थितिमा अष्ट्रेलिया भिक्टोरीया राज्यमा थपलिया प्रतिष्ठानको शाखा गठन
English