अष्ट्रेलियाका वैज्ञानिक जसले रोजे ईच्छामृत्यु, आज हो उनको स्वअन्त्य

स्वीट्जरल्याण्डको एक क्लिनिकमा आज आफ्नो जीवन समाप्त गर्दै गरेका १०४ वर्षे अष्ट्रेलियन वैज्ञानिक डेविड गुडअलले आफ्नो जीवन बाँच्नुको औचित्य नरहेको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनसँगको कुराकानीमा वैज्ञानिक गुडअलले आफू अब बाँचेर केही दिन नसक्ने र आफैलाई भार हुने अवस्थामा रहेकाले जीवन समाप्त गर्ने निर्णय गरेको बताएका हुन् । वैज्ञानिक गुडअल आफ्नो इच्छामा मर्नका लागि अष्ट्रेलियाबाट स्वीट्जरल्याण्ड पुगेका छन् । अष्ट्रेलियामा एसिस्टेड डाइङ्ग भनिने इच्छाएको मृत्यु ९युथनेसिया० ले कानुनी मान्यता पाएको छैन । स्वीट्जरल्याण्डमा भने यसले कानुनी मान्यता पाएको छ । उनले आफ्नो कथाले विश्वका अरु देशलाई पनि एसिस्टेड डाइङ्ग कानुनी बनाउन दबाब दिने आश रहेको बताएका छन् । सम्मानित बोनानिस्ट तथा इकोलोजिस्ट डेविड गुडविल बिहीबार स्वीट्जरल्याण्डको बासेलमा रहेको लाइफ सर्क क्लिनिकमा मृत्युवरण गर्दैछन् । उनी मृत्युवरणका लागि मेको सुरुमा आफ्नो गृहभूमि अष्ट्रेलियाको पर्थबाट स्वीट्जरल्याण्ड पुगेका हुन् । १२ नातिनातिनाका हजुरबुवा गुडअलले प्रो–युथनेसिया ग्रुपमा लामोसमय काम गरेका थिए । 
‘मेरो जीवन कर्म थलोका लागि हो अर्थात कामका लागि हो । तर अहिले म काम गर्न सक्दिन। म हिँड्न चाहन्छु, झाडीहरुमा पुग्न चाहन्छु, वरपर रहेका सबै कुरा आफ्नै प्रयासमा देख्न चाहन्छु । तर अब यो सम्भव छैन ।’
आफ्नो जीवन ५ वा १० वर्षअघिदेखि रोमाञ्चक हुन छोडेको गुडअलले बताए । हिँडडुल गर्न समस्या तथा कमजोर हुँदै गएको दृष्टिका कारण जीवन निरस बनेको उनको भनाई छ । ‘मेरो जीवन कर्म थलोका लागि हो अर्थात कामका लागि हो । तर अहिले म काम गर्न सक्दिन’, उनले भने, ‘म हिँड्न चाहन्छु, झाडीहरुमा पुग्न चाहन्छु, वरपर रहेका सबै कुरा आफ्नै प्रयासमा देख्न चाहन्छु । तर अब यो सम्भव छैन ।’ गुडअल अहिले हिँडडुलका लागि ह्वीलचियरको सहयोग लिनु पर्ने अवस्थामा छन् । उनी बाल्यकालमै लण्डनबाट अष्ट्रेलिया गएका हुन् । चार सन्तानका पिता गुडअलले जीवनकालमा तीन श्रीमती बिहे गरे । ‘मलाई अहिले पनि चराको गीत मन पर्छ’ उनले भने, ‘तर मेरो दृष्टि कम भएकाले यो क्रम भंग भएको छ ।’
‘म बिहान उठ्छु, ब्रेक फास्ट गर्छु । त्यसपछि लञ्च टाइमसम्म त्यसै बसिरहन्छु । लञ्च गरेपछि फेरि बसिरहन्छु । यसको अर्थ के छ ?’
आफूले सन् १९९८ मा ड्राइभिङ्ग लाइसेन्स गुमाएका बेला नै मृत्युवरण गर्न चाहेको बताएका छन् । ९४ वर्षको उमेरदेखि आफू अरुमा भर पर्न थालेको र आफ्नो जीवनको ठूलो घटना रहेको बताएका छन् । उनले भने, ‘म बिहान उठ्छु, ब्रेक फास्ट गर्छु । त्यसपछि लञ्च टाइमसम्म त्यसै बसिरहन्छु । लञ्च गरेपछि फेरि बसिरहन्छु । यसको अर्थ के छ ?’ उनको इच्छाएको मृत्युवरणका लागि आवश्यक रकम जुटाउनका लागि अभियान नै चलाइएको थियो र त्यसबाट २० हजार अमेरिकी डलर संकलन भयो । युथनेसिया अष्ट्रेलियामा गैरकानुनी छ । तर भिक्टोरिया राज्यले सन् २०१९ को मध्येदेखि एसिस्टेड डाइङ्गलाई कानुनी मान्यता दिँदैछ । गुडअलको घर रहेको पश्चिम अष्ट्रेलियाली राज्यमा भने यसबारेमा छलफल भइरहेको छ । अमेरिकाका केही राज्यमा फिजिसियनको सहायतमा मृत्युवरण गर्न पाउने व्यवस्था छ । यस्तै जापान, बेल्जियम र स्वीट्जरल्याण्डमा पनि इच्छाएको मृत्युलाई कानुनी मान्यता दिइएको छ ।
त्यस्तो मानिसलाई बाँच्न बाध्य पारे जोसँग जिउनका लागि केही छैन
गुडअलले केही हप्ताअघि आफ्नो ज्यान लिने कोशिश गरेका थिए । तर अस्पताल पु¥याएर बचाइएको थियो । डाक्टरले उनी आफ्नै लागि खतरा रहेको बताएका थिए । तर गुडअलले भने आफ्नो उपचार निकै निर्दयी रहेको बताएका छन् । उनले भने, ‘उनीहरुले त्यस्तो मानिसलाई बाँच्न बाध्य पारे जोसँग जिउनका लागि केही पनि छैन वा अर्थ छैन ।’मृत्युका लागि स्वीट्जरल्याण्ड आउनु पर्दा आफू क्रोधित रहेको तर आफ्नो यो कथाले अष्ट्रेलियाले आफ्नो कानुन परिवर्तन गर्ने आश भने रहेको बताए । ‘मलाई आश लागेको छ, अब अरुले मैले जस्तो गर्नु पर्ने छैन’, आफ्नो मृत्युको दुईदिनअघि मंगलबार गुडअलले भने, ‘युथनेसियालाई फेरि चर्चामा ल्याउन पाएकोमा खुशी छु ।’
इच्छाएको मृत्युका लागि उमेरसँगै मानसिक क्षमता सम्बन्धी सीमा पूरा गर्ने सबैले मृत्युवरण गर्न पाउनु पर्ने उनको भनाई छ । स्वीट्जरल्याण्डजस्तै अरु देशले पनि यसलाई कानुनी मान्यता दिनु पर्ने उनले बताए । गुडअलले आफूमा मृत्युको भय नरहेको बताएका छन् । बरु त्यसलाई स्वागत गर्न तयार रहेको उनले बताए । ‘मृत्यु प्रक्रिया हुन सक्छ सहज नहोस्, तर यो हुनु पर्ने नै छ‘ तर मेरा मृत्यु प्रक्रिया असजिलो हुने छैन भन्ने आश छ ।’ आज डाक्टरले सोडियम पेन्टोबार्बिटलले भरिएको इनट्राभेनस निडल गुडअलको पाखुरामा घुसाउने छन् । त्यसपछि त्यो औषधि उनको शरीरमा फैलने छ ।

(Visited 123 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं चक्रपथमा मोनो रेल बनाउने अध्ययन हुँदै, ६ महिनामा निष्कर्श आउने
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सिड्नीको समुद्री किनारमा नेपाली युवतीको शव भेटियो, अनुसन्धान हुँदै
चुडामणि उप्रेतिले आत्मसमर्पण गरेको खुलासा, को थियो उनलाई मार्न चाहने ?
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
English