अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्

नेपालीहरुको चाड विजया दशमी अर्थात् दशैंको घटस्थापना र टीकाको साईत सार्वजनिक भएको छ । नेपाली हिन्दू समाज अष्ट्रेलियाले घटस्थापना र टीकाको साईत सार्वजनिक गरेको हो । जस अनुसार घटस्थापनाको लागि १० अक्टोबर २०१८ का दिन सिड्नीमा विहान ६ बजेर २४ मिनेटदेखि १० बजेर ३६ मिनेटसम्मको साईत शुभ रहेको छ । यस्तै मेलबर्नमा विहान ६ बजेर ४७ मिनेटदेखि ११ बजेसम्मको समय उत्तम रहेको छ भने ब्रिसबेनमा ५ बजेर २१ मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म जमरा रोपिसक्नुपर्ने हिन्दू समाज अष्ट्रेलियाले जनाएको छ । यस्तै एडिलेडमा विहान ६ बजेर ४४ मिनेटदेखि १० बजेर ५६ मिनेटभित्रमा जमरा रोप्नु उत्तम हुने संस्थाले जनाएको छ । यस्तै क्यानबेरामा विहान ६ बजेर ३२ मिनेटदेखि १० बजर ४४ मिनेटसम्म, तास्मानियामा ६ बजेर ३३ मिनेटदेखि १० बजेर ४९ मिनेटसम्म, पर्थमा ५ बजेर ४७ मिनेटदेखि ९ बजेर ५५ मिनेटसम्म र डार्विनमा ६ बजेर २७ मिनेटदेखि १० बजेर ३१ मिनेटसम्म घटस्थापना गर्नु उत्तम हुनेछ ।

यसैगरी विजया दशमीको टीकाको साईत सिड्नीमा १९ अक्टोबरका दिन दिउँसो २ बजेर ४९ मिनेटदेखि तीन बजेर ४० मिनेटसम्मको रहेको जनाइएको छ । यस्तै मेलबर्नमा दिउँसो सवा तीन बजेदेखि ४ बजेर ७ मिनेटसम्म, ब्रिसबेनमा एक बजेर ३९ मिनेटदेखि २ बजेर ३० मिनेटसम्म, एडिलेडमा ५ बजेर १० मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, क्यानबेरामा २ बजेर ५८ मिनेटदेखि तीन बजेर ४९ मिनेटसम्म, तास्मानियामा तीन बजेर ८ मिनेटदेखि ४ बजेर एक मिनेटसम्म, पर्थमा २ बजेर १० मिनेटदेखि तीन बजेर एक मिनेटसम्म, डार्विनमा २ बजेर ३४ मिनेटदेखि तीन बजेर २३ मिनेटसम्म उत्तम साईत मानिएको छ । यो समयमा टिका लगाउँदा ईच्छाएको पूरा हुने, धार्मिक संकल्पअनुसारको शुभ साईतमा टिका लगाउँदा र आफुभन्दा ठूला मानिसहरुबाट आशिर्वाद लिँदा वर्षाभरि नै शुभ फल मिल्ने बताइएको छ । यद्यपि, यो शुभ साईतभन्दा अन्इ समयमा पनि विजया दशमीको दिन टिका लगाउन सकिनेछ । नेपालमा विजया दशमीको टिका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म नै चल्ने गर्दछ ।

(Visited 2,043 times, 52 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English