अष्ट्रेलियामा नेपाली विद्यार्थीको विजोग, कोठा नपाएपछि लाईब्रेरीको बास !

सन् २००८ तिरको प्रसंग थियो, त्यतिबेला यति धेरै नेपाली विद्यार्थी आए कि सिड्नीका पार्कहरुमा उनीहरु बस्नुपरेको किस्सा सुनिन्थ्यिो । तर, यो किस्सा फेरि दोहोरिएको छ । अहिले विद्यार्थीहरुले कोठा नपाएर लाईब्रेरीमा रात बिताउनुपरेको तथ्य सार्वजनिक भएको छ । अष्ट्रेलियाको एविसी टेलिभिजनले आफ्नो अनलाईन संस्करणमा यस सम्बन्धी समाचार प्रकाशित गरेको छ । आकाश (नाम परिवर्तित) न्यूसाउथवेल्सको उत्तरी क्षेत्रमा रहेको पोर्ट मक्वाईरीमा पढ्न आए । उनी चाल्र्स स्टुअर्ट युनिभर्सिटीमा भर्ना भएका थिए । आएपछि बस्ने ठाउँ पाइएन । व्याकप्याकर्सहरु बस्ने ठाउँमा उनी बस्न थाले । उनले सोचेका थिए केही हप्ता मात्रै हो । तर, यो क्रम लम्बियो डेढ महिना जति । यस्तै भयो दियालाई पनि उनी भाग्यमानी थिइन् उनका आफन्त यहीँ थिए । यसैले त्यहीँ एडजसष्ट भयो । तर, यो एडजष्ट भएको पनि धेरै दिन भइसकेपछि उनी अझै पनि कोठा खोज्ने काममा व्यस्त छिन् तर सफलता मिलेको छैन । धेरै ठाउँमा एप्लाई गर्दा पनि उनीहरु विद्यार्थी भएकै कारण घर कोठा भाडामा पाएका छैनन् ।
अघिल्लो महिना ६ जना अन्तर्राष्ट्रिय विद्यार्थीलाई चाल्र्स स्टुअर्ट युनिभर्सिटीको लाईब्रेरीबाट निकालियो । कारण थियो, चौविसै घण्टा खुल्ला हुने यो लाइब्रेरीमा उनीहरु पढिरहेका थिएनन् सुतिरहेका थिए । लाईब्रेरी प्रशासनले जब यो चाल पायो त्यसपछि उनीहरुलाई त्यहाँबाट हटाइएको थियो । उनीहरु रहरले त्यहाँ पुगेका थिएनन् । उनीहरु कोठा नपाएपछि लखतरान भएर लाईब्रेरीमै भएपनि आराम गर्न पुगेका थिए । युनिभर्सिटीका भाईस चान्सलर जेन्नी रोबर्टस भन्छन्, हामीले उनीहरुलाई बस्ने व्यवस्थाकालागि विभिन्न विकल्प दिएका छौं । उनीहरु सिड्नीबाट हरेक हप्ता पढ्नकै लागि यति टाढा आउँदा उनीहरुलाई बस्ने व्यवस्था होस् भनेर हामीले यस्तो गरेका हौं । तर, उनीहरुले आफुहरु साथीकोमा बसेको बताएका छन् । युनिभर्सिटीले व्यवस्था गर्ने ठाउँहरु महँगो भएका कारण उनीहरु बस्न सक्दैनन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि कोठा भाडामा भनेर फर्जी विज्ञापन गर्नेहरुका कारण पनि उनीहरु सताइएका छन् । उनीहरुसँग पैसा लिएपनि यस्तो ठाउँ उपलब्ध नभएको थाहा पाएपछि झन ठगिएको महसूस विद्यार्थीले गर्नुपरेको छ । नेशनल युनियन अफ स्टुडेन्सका अध्यक्ष मार्क पेस भन्छन्, यतिबेला धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया आइरहेका छन् तर, उनीहरुको लागि प्राप्त हुने सुविधा भने बढाइएको छैन । यही मौकामा कोठा भाडामा दिनेहरुले पनि महँगो शुल्क लिने गरिरहेका छन् । डिमान्ड अनुसार सप्लाई नभएपछि त्यसको भाउ त बढ्ने नै भयो । संघीय शिक्षामन्त्री सिमोन ब्रिमिङ्घम भन्छन्, यो गम्भीर कुरा हो । हाम्रा विश्वविद्यालयहरुले विद्यार्थीलाई भर्ना गरिसकेपछि उनीहरुको सहयोगका लािग, उनीहरुको बसोबासको लागि पनि हेर्नुप्र्दछ । तर, यसको अर्थ विद्यार्थीको कुनै दायित्व हुँदैन भन्ने होइन, विद्यार्थीले पनि पढ्न आउनु अघि यी सबै विषयमा अनुसन्धान गर्नुपर्छ ।

(Visited 111 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English