अष्ट्रेलियामा भूकम्प, केही घरमा क्षति !

नेपालमा भूकम्प गएको तेश्रो वार्षिकी मनाइरहँदा सोही दिन अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा भूकम्पको धक्का महसूस गरिएको छ । दुई दशमलब ६ रेक्टर स्केलको यो भूकम्प न्यूसाउथवेल्स राज्यको बाथउस्ट शहरमा गएको हो । भूकम्प गएको बेला बिस्फोटको जस्तो आवाज आएको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई फोन गरेका थिए । उनीहरुले केही घरमा क्षति पुगेको पनि जानकारी प्रहरीलाई गराएका छन् । स्थानीय समय अनुसार बुधबार साँझ ५ बजेर ३९ मिनेटमा भूकम्प गएको थियो । न्यूसाउथवेल्स प्रहरीका अनुसार ग्लेनमिर, ब्रिओन्गल, ओ कनेृल, येथोमी र नपोलियन लगायतका क्षेत्रबाट ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन् । बाथउस्ट सिड्नी र डब्बो क्षेत्रको बीच भागमा पर्ने गर्दछ ।

(Visited 1,692 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English