आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ नेपालद्वारा नामिबिया पराजित

आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई ४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । 

नेपालको जीतमा शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १५ रन जोड्दै बाहिरिए भने कप्तान पारस खड्का १९ रनमा समेटिए । नेपाली इनिङ्समा शरद् भेषवाकरले सर्वाधिक २९ रन जोडे जसमा उनले तीन चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले तीन तथा रोहित पौडेलले १७ रन बनाए । सोमपाल कामीले १३ र वसन्त रेग्मीले २४ रन जोडे । नेपालका तर्फबाट रेग्मीले एक छक्का प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, कामीले तीन तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमै बाहिरिए । आजै भएको अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो । नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ ।

(Visited 36 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
नेकपाको संसदीय दलको पहिलो बैठक, विकासमा जुट्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन
अष्ट्रेलियाको शिक्षा क्षेत्रमा पहुँच बढाउँदै नेपाली, सुरु भयो किङ्स फोर्ड ईन्टरनेशनल कलेज
जनतालाई धोका नदिने पार्टी बनाउने ‘प्रचण्ड’ को प्रतिबद्धता
हवाईजहाजमा दुईवटा पाईट हुन्छन्, कम्युनिष्ट पार्टीमा पनि अध्यक्ष त्यस्तै हो : ओली
English