आजबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, यस्तो छ तीन दिने कार्यतालिका

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने औपचारिक भ्रमणमा आज भारत जाँदैछन् । उनको भ्रमण तालिका अनुसार शनिबार एकदमै बढी कार्यक्रमहरु राखिएको छ । आज सामान्य कार्यक्रम छन् भने आईतबार भारतको विकास निर्माणमा भएका कामको अवलोकन मात्रै राखिएको छ । शनिबार भने राष्ट्रपतिदेखि प्रधानमन्त्रीसँग सम्म भेट्ने कार्यक्रम तय छ । कार्यक्रमको तालिका अनुसार भारत भ्रमणको पहिलो दिन आज ओली केही साना कार्यक्रमहरुमा सहभागी हुनेछन् । दिल्ली पुगेलगत्तै उनी ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने र साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । 
प्रधानमन्त्री ओलीको भारत भ्रमणको दोस्रो दिन शनिबार भने महत्वपूर्ण छ । प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग विहान ९ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसैदिन समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुनेछ । भेटघाटको क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ । शुक्रबार नै हैदरावाद हाउसबाट ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकी ९आईसीपी०को उदघाटन गर्ने कार्यक्रम छ । यस्तै शनिबार साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने छन् । दिल्ली बसाइँको क्रममा प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भारत भ्रमणको अन्तिम दिन आइतबार उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुनेछन् । त्यहाँ विश्वविद्यालयले ओलीलाई डक्टरेटको सम्मानार्थ उपाधीबाट बिभूषित गर्ने छ । प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

(Visited 19 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English