आप्रवासीहरुलाई सिड्नीको रकडेलमा सरकारी सेवा सुविधाबारे जानकारी गराइने !

आगामी २४ अक्टोबरका दिन सिड्नीको रकडेलस्थित टाउन हलमा एड्भास डाईभर्सिटी सर्भिसेजले भर्खरै अष्ट्रेलिया आएका  ाप्रवासीहरुको लागि सरकारी सेवा र सुविधाको जानकारी गराउने उद्देश्यले ईन्फर्मेशन डे सञ्चालन गर्ने भएको छ । रकडेल र आसपासको क्षेत्रमा बसोबास गर्नेहरुले यो निःशुल्क कार्यक्रममा सहभागी हुन सक्नेछन् । अष्ट्रेलियाको रकडेल नेपालीभाषीहरुको घना उपस्थिति रहेको क्षेत्र मध्ये एक हो । संस्थाकी प्रतिनिधि जेनी टाङले जानकारीमूलक कार्यक्रमका साथै विभिन्न बहुसांस्कृतिक मनोरञ्जनका कार्यक्रम पनि अयाोजना हुने बताइन् । उनका अनुसार यहाँ नेपाली भाषीहरुले पनि आफ्नो प्रस्तुति दिने तयारी भएको छ । करिब ५ सयले अवलोकन गर्ने लक्ष्य राखिएको उनले सुनाईन् ।

(Visited 1,738 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित
अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्
मेलबर्नमा रेस्लिङको अखडा र नेपाली झण्डा, यसो भन्छन् अन्जित श्रेष्ठ
जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
एनआरएन एडिलेडले निशुल्क मनोरञ्जन र खानाका साथ ठूला चाडको स्वागत गर्ने तयारी
मेबलर्नमा जेष्ठ नागरिकहरुको अधिवेशन, डा. सुभद्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
नेपाली राजदूतको न्यूसाउथवेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा उठेका यी बुँदा
English