आर्सनलका प्रशिक्षकमाथि प्रतिबन्ध, ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना

इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरले खेल भावनाविपरीत व्यवहार गरेपछि उनीमाथि तीन खेलमा ‘टचलाइन प्रतिबन्ध’ लागेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गत आइतबार राति वेष्ट ब्रोसँगको खेलपछिउनले रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेका थिए। सो आरोपमा फुटबल एसोसिएशन (एफए) ले वेङ्गरमाथि तीन खेलमा टचलाई प्रतिबन्ध लगाएको हो। यसैगरी, उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले रेफ्री माइक डिनलाई प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन्। रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशित भएका थिए। खेलमा आर्सनल १–१ को बराबरीमा रोकिन बाध्य भएको थियो।

(Visited 33 times, 1 visits today)

सम्बन्धित समाचारहरू

२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
विश्वकप २०१८, फ्रान्स र बेल्जियम पुगे टप ४ मा, ब्राजिल र उरुग्वे भए आउट
कसले जित्ला विश्वकप ? फुटबलको महासंग्राममा क्वार्टरफाईनलका खेल शुक्रबारबाट
पेनाल्टीले गर्दा अर्जेन्टिना पराजित, फ्रान्सलाई पछ्याउँदा पछ्याउँदै सकियो समय !
हारेर पनि जित्यो जपानले, दोश्रो चरणमा पुग्ने एकमात्र एशियाली राष्ट्र बन्यो !
अघिल्लो पटकका च्याम्पियन जर्मन पराजित, विश्वकपको विजेतालाई हराएर कीर्तिमान राख्यो कोरियाले (watch video)
नाईजेरियालाई पराजित गर्दै अर्जेन्टिना दोश्रो चरणमा, अब फ्रान्ससँग भिडन्त शनिबार
जन्मदिनमा मेस्सीले दिए खुशीको खबर, विश्वकप जितेर मात्रै सन्यास !
English