इटालीको सिसिली शहरमा आँधीका कारण मर्नेको संख्या ३० पुग्यो

इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ ।
मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो ।
अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका बताइएको छ ।
मैले एउटी छोरीबाहेक परिवार, घर र सम्पत्ती सबै गुमाएकी छु, डुबानमा परेको घरबाट उम्कन सफल गिउसेपप्पे गिओर्डानोले सञ्चारकर्मीसँग बताइन् ।
यही हप्ताको शुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अबरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् ।
इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो ।
डोलोमाइट्स पहाड र भेनेटो क्षेत्रका रुखहरु ढलेर थिए । “यो भूकम्प गएजस्तै विनाशकारी थियो,” भेनेटोका गभर्नर लुका जाइले बताउनुभयो । “हजारौं हेक्टर जमिनका रुखहरु सोत्तर भएका छन् ।”
इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ ।

(Visited 519 times, 1 visits today)

सम्बन्धित समाचारहरू

गरिवि निवारणका लागि चीनको मोडल पछ्याउँदै पाकिस्तान
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु
नेपाली मूलका भण्डारी अमेरिकाको मेरिल्याण्ड राज्य संसदमा विजयी
अमेरिकी चुनावको नयाँ पाटो, हस्तक्षेप गर्ने प्रयासमा रहेका १ सय १५ फेसबुक एकाउन्ट बन्द
इटालीको सिसिली शहरमा आँधीका कारण मर्नेको संख्या ३० पुग्यो
चीन र अमेरिकाको ब्यापार युद्ध, चीनको पैसा कमजोर बन्दा अर्थतन्त्रमा तरंग
माल्दिभ्सका पूर्वराष्ट्रपति स्वदेश फिर्ता, सर्वोच्चले दियो भरोसा
जर्मनीका यी नर्स जसले पाँच वर्षमा एक सय बिरामीलाई मारे, अदालतमा सुनवाई हुँदै !
पूर्व क्रिकेट स्टार, हाल श्रीलङ्काका तेल मन्त्री अर्जुना रनातुङ्गा पक्राउ
English