इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु, पहाडमा विमान खस्यो

इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो ।
जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५०० किलोमिटर टाढा पर्दछ । “घटनास्थलमा खोजी गरिसकेपछि दुर्भाग्यबश हामीले कसैलाई पनि जिवित पाउन सकेनौं, हाम्रा सवै प्रियजनहरुको निधन भएको छ,” ताबाताबाइले भन्नुभयो । विमानमा एउटा बच्चा सहित ६० जना यात्रु थिए भने चालक दलका ६ जना रहेका अधिकारीहरुले जनाएका छन् । इरानको राष्ट्रिय आपत्कालिन सेवाले दुर्घटनामा परेकाको उद्धारकालागि घटनास्थलमा हेलिकोप्टर नै पठाएको थियो । “घटनास्थल पहाडी क्षेत्र भएकाले त्यहाँ एम्बुलेन्स पठाउने अवस्था छैन,” आपत्कालिन सेवाका प्रवक्ता मोज्ताबा खालेदीले भन्नुभयो ।

(Visited 19 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English