उत्तर कोरिया र अमेरिका अझै वादप्रतिवादमा, प्रतिबन्ध फुकाउन कोरियाको माग

उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको बताएको छ । तर, अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।


“अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ, यो विगतमै असफल भइसकेको सिद्धान्त हो,” उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ । यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन, प्रवक्ताले भनेका छन् । तैपनि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्, “विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।” “ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सही रुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ,” मन्त्रालयले भनेको छ ।

(Visited 1,460 times, 1 visits today)

सम्बन्धित समाचारहरू

वेष्टमिनिष्टरमा सडक दुर्घटना गराउने शंकाको घेरामा, प्रतिआतंकवाद टोलीले छानविन गर्दै
विहान सबेरै बेलायती शहरमा भएको गोली काण्डमा १० जना घाइते
साउदी अरेबियाको आक्रमणमा यमनका २९ बालबालिकाको मृत्यु
उत्तर कोरिया र अमेरिका अझै वादप्रतिवादमा, प्रतिबन्ध फुकाउन कोरियाको माग
गर्भपतनको कानून पास गर्न सकेन अर्जेन्टिनाको सिनेटले !
चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेट राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
गुगलले चीनका लागि बनाउन लागेको ड्रागनफ्लाई के हो बुझनुस् !
अमेरिकी चुनाव प्रभावित गर्न फेरि फेसबुकको प्रयोग !
सहपाठी मारिएपछि बंगलादेशको सडकमा हजारैं विद्यार्थीको प्रदर्शन
English