एक्सपर्टले जुन १८ तारिख ब्रिसबेनमा एजुकेशन एण्ड माईग्रेसन फेयर आयोजना गर्दै

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आगामी जुन १८ तारिखका दिन ब्रिसबेनमा एक्सपर्ट एजुकेशन एण्ड माईग्रेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा पढिरहेका, पढाई सकाउन लागेका र करिअरको खोजीमा रहेकाहरु यसबाट लाभान्वित हुन सक्नेछन् । यसैगरी जनरल स्कील माइग्रेसन अन्तर्गत १९०, १८९ र ४८९ भिसाका लागि उचित परामर्शको खोजीमा रहेका विभिन्न विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको एक्सपर्ट ब्रिसबेनले जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले सम्बन्धित क्षेत्रका विज्ञहरुबाट आधिकारिक र पछिल्लो सूचना उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको यो फेयरमा सहभागीहरुले विभिन्न विश्वविद्यालय तथा कलेजहरुको भर्ना प्रक्रिया सम्बन्धी जानकारी समेत पाउनेछन् । यस फेयरमा नाम चलेका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुका साथै दक्ष परामर्शदाताहरुले विद्यार्थीको जिज्ञासा समाधान गर्ने भएका छन् । साथै अष्ट्रेलियामा भर्खरै आएका र कामको खोजीमा रहेका विद्यार्थीहरुलाई समेत सहयोग गर्ने उद्देश्यले रोजगारदाता कम्पनीमार्फत सहयोग पुर्याउने व्यवस्था समेत गरिएको संस्थाले जनाएको छ । एकै ठाउँमा विद्यार्थीहरुलाई आवश्यक पर्ने अन्य सेवाहरु पनि यहाँ उपलब्ध गराइनेछ । यस फेयरमा सहभागीहरुलाई भिसा एप्लाई गर्दा र ट्याक्स रिटर्न गर्दा विशेष छुट दिने पनि एक्सपर्ट ब्रिसबेनले जनाएको छ । यस्तै सहभागीले ईभेन्ट सिनेमाको टिकटका साथै विभिन्न उपहार पनि प्राप्त गर्न सक्नेछन् । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज ब्रिसबेनका मेनेजर होम पौडेलले १८ जुन सोमबार मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म ९७ क्रिक स्ट्रीटमा रहेको आफ्नै कार्यालयमा आएर जानकारीका साथै सेवा लिन आह्वान गरेका छन् ।

(Visited 29 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English