एक लाखका लागि रुपन्देहीका व्यवसायीको गोली हानी हत्या गर्ने गुरुङ पक्राउ

रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल बलु को हत्याका मुख्य अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तले एक लाख रुपैयाँको लोभमा आफुले गोली हानी हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरी कारबाहीमा मारिएका मनोज पुनको योजनामा व्यवसायी पौडेललाई गत पुस २१ गते आफ्नै काठ उद्योगमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले व्यापारी पौडेल हत्याका मुख्य अभियुक्त सुभाष गुरुङलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लमजुङ बाङ्ग्रे गाउँपालिका–५ घर भई पोखरा–लेखनाथ उपमहानगरपालिका–१० रामबजार बस्दै आएका अभियुक्त गुरुङलाई पोखराबाटै पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
हत्याका मुख्य योजनाकार पुनको निर्देशनमा गुरुङले आफ्नै फर्निचर उद्योगमा आगो तापेर बसिरहेका बेला पौडेलको गोली हानी हत्या गरेका थिए । हत्याका अभियुक्तमध्ये पदम चौधरी र महेन्द्र भनिने महीनारायण चौधरीलाई यसअघि नै प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको र उनी हाल अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । यस्तै पौडेल हत्यालगायत विभिन्न आपराधिक घटनाका मुख्य योजनाकार पुन र उनका मुख्य सहयोगी सोमबहादुर आलेको गत फागुन ९ गते प्रहरीसँगको भिडन्तमा मृत्यु भइसकेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ज्ञवालीले पौडेल हत्यामा संलग्न मुख्य अभियुक्त सबै पक्राउ परिसकेको जानकारी दिँदै मुख्य योजनाकार पुनले आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी गुरुङलाई आपराधिक कार्य गराउन निर्देशन दिने गरेको अनुसन्धानमा देखिएको बताउनुभयो ।

(Visited 23 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English