एक सय ३७ नक्कली परीक्षार्थी पक्राउ, कोरियन भाषाको जाँच दिन जाँदा प्रहरीले पक्राउ गर्यो

महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जेभियर इन्टरनेशनल स्कुल बौद्धबाट ५८, गोल्डेनगेट इन्टरनेशनल कलेज वत्तीसपुतलीबाट सात, भिएस निकेतन तिनकुनेबाट १४, नोबेल एकेडेमी नयाँ बानेश्वरबाट १०, युनिभर्सल कलेज मैतीदेवीबाट १६, टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट १९, एलआरआई स्कुल कलंकीबाट दुई, एनकेसिंह मेमोरियल कलेज नयाँ बानेश्वरबाट आठ र ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजारबाट तीन जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । पक्राउ परेकामध्ये १२७ पुरुष र १० महिला रहेको प्रवक्ता थापाले राससलाई जानकारी दिनुभयो ।

हतियार इजाजतपत्र रद्द
महानगरीय अपराध महाशाखाले हतियार दुरुपयोग गर्ने चार व्यक्तिको हतियार इजाजतपत्र रद्द गरेको छ । महाशाखाले हातहतियार खरखजाना ऐन २०१९ को दफा १० बमोजिम हातहतियार राख्दै आएका काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, सोलुखुम्बुका आङ्काजी शेर्पा र मोरङका रघुनाथ पुरीको आज हतियार इजाजतपत्र रद्द गरेको हो । उनीहरुले ऐनको दफा बमोजिमका शर्त उलंघन गरी सर्वसाधारणलाई डर त्रास उत्पन्न गराउने, हतियार देखाई ठेक्का कब्जा गर्ने, हतियार सवारी साधनमा राखेर हिँड्ने गरेपछि महाशाखाको टोलीले हतियार इजाजतपत्र रद्द गरी हातहतियार बरामद गरेको हो ।

(Visited 24 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English