एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !

एक सातापछि अष्ट्रेलिया जान लागेकी एक युवतीलाई उनका प्रेमीले विभत्स हत्या गरेका छन् । घटना विराटनगरको हो । अष्ट्रेलिया जाने भएपछि युवकले शंका गरेको र अर्कैसँग लागेको आरोपमा हत्या गरिएको आशंका छ । मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर एक युवकले प्रेमिकाको शुक्रबार विहान विभत्स हत्या गरेका छन् । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 
हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् ।
नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसँग रहेको छुरा निकालेर प्रहार गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेसँग घम्साघम्सी हुँदा छुराले भट्राईको हात समेत काटेको छ ।
पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ । ‘दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन । अरु नै केटासँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान भट्राईले प्रहरीलाई दिएका छन् ।
‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अस्ट्रेलिया जाँदै थिइन,’ भट्राईलाई उधृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् । त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’ स्थानीय बासिन्दाले युवतीको विभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका युवकलाई समातेर प्रहरीलाई खबर गरेका थिए ।
युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले भने, ‘धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवैजना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

(Visited 1,917 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English