एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !

एडिलेड नेप्लिज क्रिकेट एसोसिएशन (एन्का) ले नेपाली महिला खेलाडीहरुलाई लक्षित गरी पटक एन्का सनसाईन नामक क्रिकेट टिम निर्माण गरेको छ । टिमको घोषण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि साउथ अष्ट्रेलियाकी प्रीमियर अफिसकी सहायक मन्त्री जिङ ली थिइन् । उनले खेलाडीलाई ह्याट दिएर औपचारिक सुरुवात गरिन् । उक्त अवसरमा एन्काका सभापति बिजय जोशी, दीपक क्षेत्री, सन्तोष अधिकारी लगायतले क्लब र यसले गरेका कामका बारेमा चर्चा गरेका थिए । एन्काले बालबालिकाहरुलाई लक्षित गर्दै वुलवर्थस् ब्लास्ट क्रिकेट प्रतियोगिता बिगत बर्षहरुबाटै गर्दै आएको छ। साना बालबालिकाहरुलाई क्रिकेट सिकाउने र उनीहरुबीच खेल समेत गराउने यो अवसरमा अभिभावकहरु पनि उल्लेख्य मात्रामा उपस्थित थिए । कार्यक्रममा एन्काको बार्षिक कार्यतालिका पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा सहभागी हुन साउथ अष्ट्रेलिया क्रिकेट एशोसिएसनका प्रतिनिधि म्याट लूकस र ऑलिवर ग्राहम तथा साउथ अष्ट्रेलिया रेड व्याक्स प्लेयर निक विंटर र ऐलेक्स रॉक्स बिग बासको ट्रफीसहित उपस्थित थिए । कार्यक्रमको संचालन बिनिता गौतम जोशीले गरेकी थिइन् । यसअघि मेलबर्नमा पनि नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले नेपाली महिला क्रिकेटरहरुको छुट्टै टोली निर्मँण गरिसकेको छ ।

(Visited 1,552 times, 1 visits today)

सम्बन्धित समाचारहरू

दुलहीजस्तै सिंगारिए छठ घाट
पत्नी सीताको उपचारका लागि म्याग्दी पुगे प्रचण्ड, तातोनी कुण्डमा विताए दुई घण्टा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त
बालिका र युवतीमाथि सात युवकले गरे सामूहिक बलात्कार, सातै फरार
छठको तयारी तीव्र
न्याय माग्दै धर्ना, न्याय नपाए प्रशासन कार्यालय अगाडि प्राण त्याग्न तयार
मेलबर्नमा छुरा आक्रमणकारी हुसेन खालिफको पासपोर्ट सन् २०१५ मै रद्द गरिएको खुलासा
शरणार्थीको मामिलामा डोनाल्ड ट्रम्प कठोर, मेक्सिकोतिरबाट आए सिधै आउट
२०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री
भाईटीका लगाउनै नेपाल आइपुग्छन् विदेशी पर्यटक, अन्तरदेशीय सम्बन्ध जोड्दै भाइटीका
English