एनआरएनको वेवसाईटमै छैन हेल्प डेस्कको नम्बर, कसरी होला विद्यार्थीलाई सहयोग ?

एनआरएन अष्ट्रेलिया प्रवासी नेपालीहरुको सबैभन्दा ठूलो संस्था हो । दर्ता भएका यसका सदस्यहरुको संख्या ८ हजार भएपनि यहाँ रहने सबैको साझा संगठन यसलाई मानिन्छ । यो नेपालको सरकारबाट ईजाजत अनि मान्यता प्राप्त गैरआवासीय नेपालीको प्रतिनिधि संस्था हो । यो स्वयंसेवी संस्था पनि हो । तर, एनआरएनका प्रति धेरैको अपेक्षा बढ्दो छ । अष्ट्रेलियाको नेपाली समाजमा आइपर्ने हरेक समस्याका बारेमा एनआरएनले के गरिरहेको छ ? भनेर धेरैले प्रश्न गर्छन् । अझ पछिल्लो समयमा विद्यार्थीहरुलाई एनआरएनको आधिकारिक सदस्यता दिन नमिल्ने निर्णय नेपाल सरकारले गरेर यसलाई दर्ता गरेपछि विद्यार्थी र एनआरएनका विषयमा विभिन्न बहस हुने गरेका छन् । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । तर, एनआरएन अष्ट्रेलियाका पदाधिकारी यस्तो मान्दैनन् । उनीहरु भन्छन्, “हामीले सोसियल वेलफेयर फन्डबाट धेरै प्रतिशत त विद्यार्थीलाई नै सहयोग गरेका छौं । उनीहरुलाई केही समस्या पर्यो भने कसरी समाधान गर्ने भनेर परामर्श दिनका लागि हेल्प डेस्क पनि बनाएका छौं ।” एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले हेल्प डेस्क चालु अवस्थामा रहेको बताए । हामीले एउटा विद्यार्थीले कसरी एनआरएनको हेल्प डेस्कसम्म पहुँच पाउँछ भनेर खोजी गर्यौं । यसको आधिकािरक वेवसाईटमा गएर हेल्प डेस्कको नामोनिशान खोज्ने हाम्रो प्रयास निरर्थक भयो । भेटियो यस्तो पेज (See Picture)
पूरै वेवसाईटमा सम्पर्कका लागि मात्र महासचिवको ईमेल एड्रेस छ । त्यस बाहेक अरु सम्पर्कको कुनै माध्यम दिइएको छैन । अझ फोन नम्बर त कतै छैन । विद्यार्थीहरुले कसरी एनआरएनलाई सम्पर्क गर्ने होला त ? प्रवक्ता डिला खरेल भन्छन्, हाम्रो फोन नम्बर १८००९५४५४० हो । यसमा कल गरेपछि हामीमध्येकै कुनै साथीले त्यो फोन उठाउँछौं । अनि, फोन गर्ने व्यक्तिलाई परेको समस्याका बारेमा समाधान गर्नसक्ने व्यक्ति, निकाय वा समूहमा यसलाई रिफर गर्छौं । प्रवक्ता खरेलले यसो भनिरहँदा अझै पनि क्लीयर भएन फोन कसरी आउँछ ? जब फोन नम्बर नै दिइएको छैन । यो स्पष्ट हुन सकेन । अब सामाजिक सञ्जाल फेसबुक, या एनआरएनका पदाधिकारीहरुलाई उनीहरुको व्यक्तिगत सम्पर्क नम्बरहरुमा कल गरेर समस्या राख्ने कुरामा उनीहरु सबै विषयको ज्ञाता नहुन सक्छन् । अनि, यस्ता एनआरएन पदाधिकारीले दिएको परामर्शका कारण भोलि कुनै भवितव्य भइहालेमा यसको जिम्मा कसले लिन्छ ? यो गम्भीर प्रश्न यहाँ अनुत्तरित छ ।

(Visited 1,565 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English