एनआरएन एडिलेडले निशुल्क मनोरञ्जन र खानाका साथ ठूला चाडको स्वागत गर्ने तयारी

रमन अधिकारी, MNTV एडीलेड ।
बर्ष २०१८ का महान पर्वहरु विजया दशमी, दीपावली , छठ र नेपाल संवतलाई संवोधन गर्दै गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले यहांका बिभिन्न संघ संस्थाहरुको संलग्नता सहीतको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ। स्थानीय एलिज़ाबेथ प्लेग्राउंड साउथ टेरेस मा अक्टोबर ७ तारिखमा आयोजना गरिने यस कार्यक्रमको मुख्य उद्देश्य सामाजिक एकतासंगै नेपाली संस्कृतिको प्रवर्धन गर्ने रहेको कुरा आयोजक समिति का सदस्य शिव रिमालले वताउनु भयो। भर्खरै मात्र सफलताका साथ तिज बिशेष कार्यक्रम सम्पन्न गरेको यस संस्थाले शुभकामना कार्यक्रम मा समेत सोही उत्साहका साथ उपस्थिती का लागी एडीलेडबासी सम्पूर्ण नेपाली संस्कृति प्रेमी समुदायलाई आव्हान गरीसकेको छ। 
निरन्तर रुपमा नेपाली समुदाय संग रहेर आकर्षक कार्यक्रम हरु संचालन गरिरहेको गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको आगामी कार्यक्रमले नेपाली संस्कृतिका महान पर्वहरुको महत्वलाई अझ सशक्त रुपमा झल्काउने र सामुदायिक एकताको सन्देश दिने कुरामा आंफु विस्वस्त रहेको कुरा यस संस्थाका संयोजक अशोक केसीले बताउनु भयो।
दंशै बिशेष परिकारहरु तथा प्रवेश निःशुल्क रहेको यो कार्यक्रममा नेपाली पर्व बिशेष खानाहरु उपस्थित सम्पूर्ण लाई निःशुल्क प्रदान गरिने जानकारी आयोजक समितीका संयोजक रजनेश श्रेष्ठले जानकारी दिनुभयो ।

(Visited 1,193 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित
अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्
मेलबर्नमा रेस्लिङको अखडा र नेपाली झण्डा, यसो भन्छन् अन्जित श्रेष्ठ
जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
एनआरएन एडिलेडले निशुल्क मनोरञ्जन र खानाका साथ ठूला चाडको स्वागत गर्ने तयारी
मेबलर्नमा जेष्ठ नागरिकहरुको अधिवेशन, डा. सुभद्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
नेपाली राजदूतको न्यूसाउथवेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा उठेका यी बुँदा
English