एसएसपी श्याम खत्री जेल चलान, १२ पेजको बयानमा के भने सुन तस्करको आरोपी खत्रीले ?

सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गर्नुभएको थियो । बयानमा खत्रीले आफुलाई सरुवा गर्दिने भन्दै मुख्य आरोपी गोरेभन्ने चुडामणि उप्रेतीले धम्काउने गरेको बताएका छन् । प्रहरीको उच्च अधिकारीले सरुवा गरिदिने भनेर अपराधीले तर्साएको भरमा कसरी तर्सियो भनेर सामाजिक सञ्जालमा तीखो आलोचना भइरहेको छ । बयानमा आफु सुन तस्करीमा संलग्न नरहेको बताएका छन्। उनले तस्करी गरेको भनिएको सुन नै नभेटिएकोले यो सबै मनगढन्ते कथा हो भनेर समेत दावी गरे । उनले आफुलाई आफ्नै ब्याचीहरुले बढुवाबाट रोक्न षणयन्त्र गरेको बयान इजलासमा दिएका हुन्। एसएसपी खत्रीले अघिल्लो पटक पक्राउपर्दा समेत आफुलाई आफ्नै ब्याचीले फसाएको बयान काठमाडौं जिल्ला अदालतमा दिएका थिए।एसएसपी खत्रीले गोरे र अवकाशप्राप्त डिआईजी गोेविन्द निरौलाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका हुन्। उनले आफुले तस्करी रोक्न चाहेको तर डिआईजी र गोरेका कारण नसकेको बयान दिएका हुन्। उनले आफुलाई सुन तस्करीका बिषयमा केही थाह नभएको बयानमा बताएका छन्।अनुसन्धान गरिरहेको सरकारी समितीले विमानस्थलमा कार्यरत रहँदा एसएसपी खत्रीले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको यथेष्ट प्रमाण अदालतमा बुझाएको छ। गोरेले समेत बयानमा एसएसपी खत्रीको संलग्नता पुष्टि गरेका छन्।
गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको थियो ।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । सो घटनामा ६३ जनामाथि मुद्दा दर्ता गरिएकामा खत्रीसमेत गरी ३० जना कारागार चलान भइसकेका छन् । एक जना साधारण तारेखमा र एक जना धरौटीमा रिहा भएका छन् । अब फरार अभियुक्त ३१ जना छन् ।

(Visited 56 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English