कक्षा १२ को परीक्षाफल प्रकाशित, आंशिकतर्फ ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् । त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

(Visited 675 times, 1 visits today)

सम्बन्धित समाचारहरू

नवप्रवेशीसँग प्रधानमन्त्रीको बोली- ‘गणेशमान र भट्टराई टिक्न नसकेको काँग्रेस छाडेर सही निर्णय गर्नुभो’
कुलमानको कमाल, विद्युत प्राधिकरणको चुहावट घट्यो, नाफा करोडौंमा, नयाँ परियोजना बन्दै
सरकार आर्थिक अराजकता समाप्त पार्ने दिशामा लागेको अर्थमन्त्रीको स्पष्टीकरण
नेपाल र बंगलादेशकाबीच ऊर्जा सहयोग आदानप्रदानको समझदारी, खुल्यो नयाँ बाटो
बिमस्टेक बैठकका लागि काठमाडौंको तार मिलाउने क्रम सुरु
एनआरएनलाई नेपाली नागरिकता दिने विधेयक संसदमा, यस्ता छन् प्रावधान (पूर्णपाठसहित)
चिप्लिएर खोलामा, दिदीको शव भेटियो, भाई बेपत्ता
न्यायपालिकामा फेरि अर्को पहिरोको संकेत, मिश्रको प्रमाणपत्र पनि भारतको
एनआरएनका कार्यकारी निर्देशक राणालाई पुनर्वहाली गर्न श्रम अदालतले पठायो पत्र
म्याग्दी जिल्लाका अधिकांश भूकम्प पीडितले लिएनन दोश्रो किस्ता, यस्तो छ कारण !
English