कञ्चनपुरमा दुई महिलाको हत्याको अभियोगमा ६६ वर्षीय बृद्ध पक्राउ परे

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना ९सन्त० पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।

Prisoner

वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । झण्डै एकसाता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजार नजिक कुटिया ९धर्मशाला०मा आश्रय लिँदै आएका अभियुक्त रानाको यस अपराधामा हात रहेको पत्ता लगाएको हो । “अनुसन्धान गर्दै जाँदा सुरुमा अभियुक्तले निकै बहानाबाजी गरे,” प्रहरी निरीक्षक रोकायाले भन्नुभयो, “अनुसन्धान थालेको दुई दिनपछि हत्या गरेको स्वीकार गरे ।” प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादक पदार्थ सेवन गरेर जंगलको बाटो हुँदै कुटियातर्फ फर्किदै गर्दा बाटोमा वृद्धा धामीको हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ । अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमवस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल ९माता० लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मल्ललाई हत्या गरेको झण्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो । धर्मशालामा आश्रय लिँदै आएका मल्ललाई आफूलाई धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए ।

(Visited 940 times, 1 visits today)

सम्बन्धित समाचारहरू

एक सय ३७ नक्कली परीक्षार्थी पक्राउ, कोरियन भाषाको जाँच दिन जाँदा प्रहरीले पक्राउ गर्यो
नेपालको कानून दैवले जानुन्, म्याच फिक्सिंगको आरोपीहरुलाई विशेषले दियो सफाई
समातियो जिरीको सडक बनाउने ठेकेदार, विकास ढिलो गरेको आरोप
एसएसपी श्याम खत्री जेल चलान, १२ पेजको बयानमा के भने सुन तस्करको आरोपी खत्रीले ?
मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरी गर्भवति बनाउनेको रोल्पामा खोजी
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
लुट चलचित्रका निर्माता वाग्लेसहित ६ जना नक्कली नोटको कारोबारमा पक्राउ
मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ
रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने
धर्मगुरु भनिने श्रीनिवसमाथि मुद्दा दर्ता, १० दिनको म्याद थपियो
English