कञ्चनपुरमा नेविसंघको आन्दोलन, निर्मला पन्तको हत्यारा पक्राउ गर्न ढिलाई गरेको आरोप

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् । नेविसङ्घले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसङ्घ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ ।
भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसङ्घ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताउनुभयो । कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् ।
सरकारी वकिल कार्यालयमै समाचार सङ्कलन गरिरहेका ‘सगरमाथा टेलिभिजन’का जिल्ला संवाददाता चन्द्रकान्त जोशीमाथि पनि तिनले हातपात गर्दै क्यामेरा फुटाएका छन् । पत्रकार जोशीले कार तोडफोड गरिरहेको दृष्य छायाङ्कनका क्रममा नेविसंघ कार्यकर्ताले आफूमाथि हातपात गर्दै क्यामेरा फुटाएको बताउनुभयो । पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ ।

(Visited 685 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English