कन्या क्याम्पसमा बोको हरामको आक्रमण, तत्काल अनुसन्धान थाल्न बुहारीको निर्देशन

नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिनुभयो । रक्षामन्त्री मन्सुर डान अली, विदेशमन्त्री जोफ्रि ओेन्यामा र सूचना तथा संस्कृति मन्त्री मोहम्मदलाई राष्ट्रपतिले छानविनको जिम्मा दिनुभएको हो । नाइजेरियाको योबे प्रदेश अन्तर्गत पर्ने डाप्छी भन्ने गाउँमा रहेको सरकारी छात्रा प्राविधिक क्याम्पसमा गत सोमबार भएको आक्रमणको बारेमा घटनास्थलमै पुगेर सरोकारबालाहरुसँग बुझेर अनुसन्धान थाल्न राष्ट्रपति बुहारीले निर्देशन दिनुभएको छ ।
बुहारीले सरकारी सेना र अन्य सुरक्षा निकायहरुलाई पनि घटनास्थलमा सुरक्षा सतर्कता बढाउन र हराइरहेका विद्यार्थीहरुको खोजी तथा उद्धारगर्न आग्रह गर्नुभएको प्रवक्ताले जानकारी दिनुभयो । अधिकारीका अनुसार कम्तीमा ४६ जना विद्यार्थी अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन् । सुरुमा क्याम्पसबाट ९४ जनाभन्दा बढी विद्यार्थी हराएका थिए । बोको हरामका सशस्त्र लडाकूले नै ती छात्राको अपहरण गरेको अनुमान गरिएको छ । ती मध्ये २८ जनालाई मङ्गलबार र २० जनालाई बुधबार प्रदेश सरकारले फिर्ता ल्याएको जनाइएको छ ।
झण्डै चारवर्ष अघि पनि बोको हरामले २७६ जना छात्रालाई विद्यालयबाट अपहरण गरेको थियो । अपहरितमध्ये १७० जनालाई मात्र उद्धार गरिएको थियो । योबेको छिमेकी प्रदेश बोर्नोमा पर्ने चिबोक सहरबाट उनीहरुलाई अपहरण गरिएको थियो । सम्पर्कबिहीन छात्राहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ । तर अहिलेसम्म उनीहरुले ती छात्राको उद्धार गर्न सकेका छैनन् । सरकारले बोको हरामलाई आतंकवादीको सूचीमा राखेको छ ।

(Visited 456 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
पूर्ण निशस्त्रीकरणमा उत्तर कोरिया सहमत, अब भेट ह्वाईट हाउसमा हुने !
चार बुँदामा समेटिएको ट्रम्प उनको सम्झौतापत्रको पूर्णपाठ यस्तो छ
सिंगापुरमा ट्रम्प र किम, वार्ताको पूर्वसन्ध्यामा सबैको चासो सान्टोसामा
होला त रसिया र अमेरिकी राष्ट्रपतिबीच् ‘रचनात्मक भेट’ ?
सिंगापुरमा तेर्सिएको नजर, सफल होला त किम ट्रम्प वार्ता
शनिबार चीन जाँदै भारतका प्रधानमन्त्री मोदी, सीमा समस्याबारे वार्ता हुने
उत्तर कोरियामा रहेका बन्दीहरुलाई वार्ताअघि नै रिहा गर्न राष्ट्रसंघीय नियोगको आग्रह
साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ चीनलाई अस्वीकार्य
रुसी हतियार ल्याएमा कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी
English