कमल थापाले भने पार्टी एकताको पहल भइरहेको छ, अन्य राप्रपाहरुसँग छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताउनुभएको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ ।”
अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताउनुभयो । नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पु¥याइरहेको छ भन्नुभयो ।
पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुहुने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गर्नुभयो ।

(Visited 985 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
कमल थापाले भने पार्टी एकताको पहल भइरहेको छ, अन्य राप्रपाहरुसँग छलफल
दशैंको शुभकामना दिँदैगर्दा माधवकुमार नेपालले देखाए नृत्य शैलीको रुप !
उमेर हद विवादले नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको अधिवेशन अनिश्चित
प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
English