करिअर काउन्सिलिंगका लागि एमडी एडभाइजर्सले ‘ड्रीम जब टु ड्रीम होम’ सेमिनार गर्दै

भर्खरै सञ्चालनमा आएको एमडी एडभाइजर्स र लक्ष्मी होम लोन्सले सिड्नीमा करिअर काउन्सिलिंग सेमिनार गर्ने भएका छन् । आगामी मे ११ ताखिरका दिन सिड्नीको एशफिल्ड क्लबमा यो सेमिनार हुन लागेको हो । निःशुल्क सहभागी हुन पाइने यो समेनिारमा दर्ता भने पहिले नै गर्नुपर्नेछ । अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएकाहरुको मुख्य उद्देश्य नै राम्रो काम र घरसहितको सेटल जीवन हुने भएकाले करिअरमा कसरी अगाडि बढ्ने र करिअरमा सफल भइसकेपछि लगानीको माध्यमबाट घर प्राप्त गर्न कसरी सकिन्छ भन्ने विषयमा यस सेमिनारमा जानकारी दिइनेछ । एमडी एड्भाइजर्सले कार्यक्रमबारे जानकारी दिँदै आफुले सहजतापूर्वक गरिरहेको कामकमै माध्यमबाट अझ प्रभावकारी रुपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने जानकारी दिनका लागि सेमिनार आयोजना गरेको जनाएको छ । केही समय अघि सञ्चालनमा आएको एमडी एड्भाइजर्स व्यक्तित्व विकासदेखि योग्यता अनुसारको कामको खाजकिा लागि अपनाउनुपर्ने उपायहरुको सम्बन्धमा परामर्श दिन अग्रसर रहेको छ । रजिष्ट्रेशन र थप जानकारीको लागि यहाँ क्लीक गर्नुहोला ।

For many of you who are confused what this event is about and who can benefit from this event,This event is for people…

Posted by MD Advisors Career Consulting on Sunday, April 29, 2018

(Visited 880 times, 1 visits today)

सम्बन्धित समाचारहरू

तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
जिलोङ नेप्लीज एशोसिएसनको वार्षिक साधारणसभा, अध्यक्षमा दोहोरिए निरज कारञ्जित
अष्ट्रेलियामा दशैंमा जमरा रोप्ने साईत यस्तो छ, टीकाको साईत पनि हेर्नुहोस्
मेलबर्नमा रेस्लिङको अखडा र नेपाली झण्डा, यसो भन्छन् अन्जित श्रेष्ठ
जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
एनआरएन एडिलेडले निशुल्क मनोरञ्जन र खानाका साथ ठूला चाडको स्वागत गर्ने तयारी
मेबलर्नमा जेष्ठ नागरिकहरुको अधिवेशन, डा. सुभद्र झाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
नेपाली राजदूतको न्यूसाउथवेल्स राज्यको पहिलो औपचारिक भ्रमणमा उठेका यी बुँदा
गोपाल थपलियाकै उपस्थितिमा अष्ट्रेलिया भिक्टोरीया राज्यमा थपलिया प्रतिष्ठानको शाखा गठन
English