काँग्रेस संसदीय दलको नेताका लागि मतदान हुँदै, सिंहले जित्लान् देउवालाई ?

नेपाली काँग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि अहिले केही बेरमा दलको नेता चयनका लागि मतदान हुँदैछ । काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिनुभएको बताइएको छ । निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन् । सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गर्नुभएको छ ।
संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार आज बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिनुभयो । आजै दिउँसो १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हँुदैछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उहाँले राससलाई जानकारी दिनुभयो । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताउनुभयो ।

(Visited 38 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा
डा. महेन्द्र विष्ट नेपाल टेलिभिजनको अध्यक्ष, राससमा श्यामल
नेपालमा आयो वेष्ट ईन्डिजबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी !
बरमाला बोकेर बेहुला बेहुली तयार, तर रोकियो चार जोडीको बिहे किन ? यो पढ्नुस्
फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल, शासकीय स्वरुप फेर्ने कदम
अब गृह मन्त्रालयले एनजीओ र आईएनजीओलाई कारवाही थाल्ने, धर्म फैलाउनेमाथिको कडाई
English