काठमाडौंका विभिन्न ठाउँबाट बरामद २५ हजार लिटर रक्सी नष्ट गरियो

महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न स्थानबाट बरामद गरिएका २५ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले महानगरीय प्रहरीवृत्त बौद्ध, कपन, बसपार्क, कालिमाटी, स्वयम्भू, कोटेश्वरलगायत स्थानबाट बरामद गरेको ती परिमाणका मदिरा नष्ट गरेको हो । परिसरले आज पत्रकार सम्मेलन गरी घरेलु मदिरा नियन्त्रण गर्न लागू गरिएको विशेष अभियानअन्तर्गत रु ३० लाख मूल्य बराबरको घरेलु मदिरा नष्ट गरिएको जानकारी दिएको हो । परिसर प्रमुख विश्वराज पोखरेलले वैशाख १ गतेदेखि आजसम्म २५ हजार लिटर मदिरा, चार हजार किलोग्राम कच्चा पदार्थ बरामद गरेको जानकारी दिनुभयो । “घरेलु मदिरा सेवनबाट हुनसक्ने अपराधलाई नियन्त्रण गर्नका लागि मदिरा बरामद गरिएको हो,”– उहाँले भन्नुभयो । घरेलु मदिराबाट कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, यौन हिंसा, कुटपिट, गुण्डागर्दी हुने गरेको परिसरले जनाएको छ । परिसरमा घरेलु मदिरा सेवनबाट तीन महिनामा कर्तव्य ज्यान १६, जवरजस्ति करणी ५३, ज्यान मार्ने उद्योग, केहि सार्वजनिक अपराध एक हजार सात र घरेलु हिंसा ४८९ मुद्दा दर्ता भएका छन् ।
–––

(Visited 1,458 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
काठमाडौं चक्रपथमा मोनो रेल बनाउने अध्ययन हुँदै, ६ महिनामा निष्कर्श आउने
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सिड्नीको समुद्री किनारमा नेपाली युवतीको शव भेटियो, अनुसन्धान हुँदै
चुडामणि उप्रेतिले आत्मसमर्पण गरेको खुलासा, को थियो उनलाई मार्न चाहने ?
पत्रकार सम्मेलनमा पक्राउ परेको  गोरेले जब आफैं क्याप खोल्यो ! 
सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
English