काठमाडौं तराई फाष्ट ट्रयाकको विषयमा खोकनावासीसँग छलफल, ऐतिहासिक स्थल जोगाईने

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम अघि बढाउने सिलसिलामा ललितपुरको खोकनाको मुआब्जाका सम्बन्धमा सम्बन्धित सरकारी निकाय, स्थानीय जनप्रतिनिधि र सरोकार भएका पक्षसँग विभिन्न चरणमा छलफल गरिरहेको छ ।
खोकनाको ऐतिहासिक स्थान कुदेश र श्रीपालीको मन्दिरलगायत पुरातात्विक महत्वका संरचना यथावत् बचाइराख्न तथा मुआब्जा विवादलाई सरलीकरण गरी कार्यसम्पादन गर्न सेनाले प्रयास गरिररहेको छ । सेनाले द्रुतमार्ग निर्माण तथा आयोजनास्थलको सुरक्षार्थ पहिलो चरणमा गत साउनदेखि मख्खुबेंसी, सिस्नेरी दोभान, लेनडाँडा, बुदुने तथा बागदेवमा सुरक्षा आधार शिविर स्थापना गरी काम गरिरहेको छ । अहिले उक्त मार्गका लागि माटो सबलीकरण, कटान, माटो भराइ र सडक ढाँचाको पुनः रुजुलगायत काम भइरहेको जनाएको छ । आयोजना तोकिएकै समयमा पूरा गर्ने लक्ष्यानुरुप हाल २० स्वदेशी निर्माण व्यवसायीलाई ठेक्का दिइएको जनाउँदै सेनाले अरु तीन निर्माण व्यवसायीलाई ठेक्का दिने काम प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै पाँच निर्माण व्यवसायीसँग आवश्यक उपकरण उपलब्ध गराउने गरी सम्झौता भइसकेको छ । सेनाले द्रुतमार्गको मार्गाधिकारभित्र परेका रुख कटान र व्यवस्थापनलाई तीव्रता दिइरहेको छ । राजमार्ग निर्माणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने सिलसिलामा आशयपत्रका लागि १५ दिनभित्र इच्छुक स्वदेशी तथा विदेशी कम्पनीसँग निवेदन माग गरिएको सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयले जनाएको छ । छयहत्तर किलोमिटर लामो राष्ट्रिय गौरवको उक्त आयोजना चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ ।

(Visited 25 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
राष्ट्रसंघका स्थायी प्रतिनिधि भट्टराईलाई साउन १५ भित्र फिर्ता गरिने, अरु के भयो मन्त्रिपरिषद्को निर्णय ?
काँग्रेसले भन्यो – “सरकारले विपक्षीलाई चिढ्याउने काम गरेर ठीक गरेन”
विदेशबाट फर्किएर स्वदेशमा उद्योग चलाइरहेका युवा सम्मानित, पाए एक लाख नगद
म्याग्दीमा पीडा, तीन छोरा विदेशमा, तीनै फर्किए बाकसमा
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
English