काठमाडौं र सिड्नीबीच वार्षिक ९३ हजार यात्रु ओहोर दोहोर, सिधा उडानको बहस जारी

सिड्नी एयरपोर्टका प्रमुख कार्यकारी अधिकृत जीअफ कुलबर्टले काठमाडौं र सिड्नीबीच वार्षिक ९३ हजार यात्रु होदोर दोहोर गर्ने गरेको नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । बुधबार यो वर्षको पहिलो तीन महिनाको समिक्षा कार्यक्रममा उनले यस्तो तथ्यांक दिएका हुन् । सिड्नी एयरपोर्टलाई अझ व्यस्त बनाउनका लागि नेपाल जस्तो देशमा सिधा हवाई उडान हुनुपर्ने उनको तर्क थियो । उनले नेपालको उदाहरण प्रस्तुत गर्दै अष्ट्रेलियामा आउने विद्याथर्गीमध्ये भारत र चीनपछि नेपालका विद्यार्थीको संख्या धेरै रहेको भन्दै उनले सिधा हवाई सम्पर्कका लागि छलफल अघि बढेको पनि जानकारी दिए । नेपालको राष्ट्रिय ध्वजाबाहकले सिधा उडानका लागि एयरबस ए ३३० बाट सिधा उडान गर्ने चासो देखाएको भन्दै त्यसमा आफुहरु सकारात्मक रहेको पनि उनको भनाई थियो । यसअघि नेपालको पर्यटन मन्त्रालयका अधिकारीहरुले नेपाल र अष्ट्रेलियाको सिड्नीबीच सिधा हवाईका लागि यात्रुहरुको कमी हुनसक्ने बताएपनि विमानस्थलका कार्यकारी अधिकृतले भने सातामा नियमित पाँच उडान गर्न सकिने देखेका छन् । उनले भनेका छन्, “यात्रुको चाप हेर्दा सातामा पाँच दिन सिधा उडान गर्न सकिन्छ ।” ५ हजार २ सय ५३ नटिकल माईल दूरी रहेको यो रुटमा एयरबसको ३३० विमानले सिधा हवाई सम्पर्क स्थापित गर्न सक्छ । अहिले नेपाल र अष्ट्रेलियाका बिचमा एयर सर्भिस एग्रिमेन्ट छैन । कार्यकारी अधिकृतले भनेका छन्, “हामी यसमा गृहकार्य गरिरहेका छौं ।” सिड्नी विमानस्थलको पूर्ण क्षमतामध्ये ३५ प्रतिशत कम उडान रहेको भन्दै थप विमान कम्पनीहरुले सिड्नी एयरपोर्टको प्रयोग सुविधा लिनसक्नेउनले बताए ।

(Visited 662 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अष्ट्रेलियाबाट ‘जर्नी टु नेपाल अभियान’ चलाउँदै दूतावास, बिहीबार सुरुवात गर्ने
मलेशियामा विषालु रक्सी सेवनबाट ६ नेपालीको मृत्यु, १७ बिरामी
सदस्यहरुलाई कार्ड वितरण गर्दै एनआरएन, पहिलो लटमा आए एक हजारको परिचयपत्र
मन्त्री र पूर्वमन्त्रीसँग सिड्नीमा अन्तरक्रिया, एउटा गाउँ बनाउने जिम्मा अष्ट्रेलिया बस्ने साथीहरुले लिनुस् : जनार्दन शर्मा
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्याय माग्दै सिड्नीमा ऐक्यबद्धता
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएका सबै प्रहरी निलम्बित
सिड्नीमा सुरु भयो पहिलो नलेज कन्फरेन्स, एनआरएनले देश विकासमा हातेमालो गर्ने
बम योञ्जनलाई भिक्टोरियन मल्टिकल्चरल एवार्ड २०१८, गभर्नर हाउसमा हस्तान्तरण
साफ च्याम्पियनशीप जित्ने नेपालको सपना माल्दिभ्सले ध्वस्त बनायो, तीन शून्यले पराजित
सिड्नीमा नेपाल फेष्टिभलको तयारी, एनआरएनले बनायो २८ उपसमिति
English