कामना गिरीको नेतृत्वमा अन्तरराष्ट्रिय नेपाली युवा मन्च अस्ट्रेलियाको कार्यसमिति चयन, हेमन्ता आचार्य उपाध्यक्ष

अस्ट्रेलियामा छरिएर रहेका नेपाली तथा नेपालीभाषी युवाहरुलाई आपसमा जोड्ने र अष्ट्रेलियामा रहेको नेपाली समुदाय तथा नेपाली युवाहरुको बृहतर विकासमा सहयोग पुर्‍याउने भन्दै खोलिएको अन्तरराष्ट्रिय नेपाली युवा मन्च अस्ट्रेलियाको कार्यसमिति चयन भएको छ । सिड्नीको अबर्न पार्कमा बसेको बैठकले कामना गिरीको अध्यक्षतामा १३ सदस्यीय कमिटी बनेको हो ।
नयाँ कार्यसमितीको उपाध्यक्षमा हेमन्ता आचार्य, सचिवमा सुदेशना के सि, सह९सचिवमा रुक्सना पौडेल, कोषाध्यक्षमा डोमा शेर्पा र सह९कोषाध्यक्षमा बुद्ध थापा निर्विरोध चयन भएका हुन् । यस्तै कार्यसमितिको पब्लिक अफीसरमा जिप्शोना पौडेल चयन भएकी छिन् ।
कार्यसमितिका सदस्यमा सौरभ पौडेल, आग्या रेग्मी, अनुपमा पोखरेल, जलपा श्रेष्ठ, दिव्याश्री आचार्य र समिक्षा पौडेल चयन् भएका छन जसमध्ये सौरभ पौडेललाई न्यु साउथवेल्स, आग्या रेग्मीलाई साउथ अष्ट्रेलिया र अनुपमा पोखरेललाई भिक्टोरिया राज्य संयोजकको जिम्मा दिइएको छ । युवा समाजसेवी बिनोद पौडेल संरक्षक तथा प्रमुख सल्लाहाकर रहेको उक्त कार्यसमितिले पहिलोपटक अष्ट्रेलियामा रहेका नेपालीभाषी भुटानी युवाहरुसँग समेत हातेमालो गरी स्थापनाकालमै एउटा सुखद एकताको सन्देश दिएको छ।
यो संस्थाले आउँदा दिनहरुमा अष्ट्रेलियामा रहेको नेपालीभाषी समुदायको हितमा सम्पूर्ण पहिलो तथा दोस्रो पुश्ताका युवाहरुलाई एकजुट्गाराइ हाम्रो कला, सन्स्क्रिती को प्रवर्दन गर्नुका साथै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु लिएर आउने बताउदै भविस्यमा ब्रिहत्तर युवामुखी कार्ययोजना लिएर आउने संस्थाकी अध्यक्ष कामना गिरीले जानकारी दिएकी छिन् ।

(Visited 104 times, 1 visits today)

सम्बन्धित समाचारहरू

भारतका लागि नीलकण्ठ उप्रेति राजदूत तोकिए, मलेसियामा पाण्डे सिफारिश
२ गोल अन्तरले क्रोयसियालाईं हराउँदै फ्रान्स विश्वकप उपाधि चुम्न सफल
आज विश्वकपको फाईनल भिडन्त, बेल्जियम बन्यो तेश्रो, उपाधि उछिट्याउँदै फ्रान्स र क्रोयसिया
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
चीनलाई एक जोडी गैंडा उपहार, नेपाल लिन मात्र हेन दिन पनि जान्दछ साकार
फ्रान्स पुग्यो फाईनलमा, बेल्जियमका लुकाकुको कमजोर प्रदर्शन, टिम सन्तुलन मिलेन
सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
‘बेटी बचाऔँ, बेटी पढाऔँ’ छोरी जन्मे १० हजार भत्ता २० वर्षसम्म
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
English