किशुनजीको सम्झनामा दीप प्रज्ज्वलन, काँग्रेसका युवा नेताले भने सन्देश जनतामा लैजान्छौं

सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसका अवसरमा किशुनजी अध्ययन केन्द्रको आयोजनामा आज साँझ शान्तिबाटिकामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्व भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र संघर्षलाई आम जनतासम्म लैजानुपर्ने बताउनुभयो । “किशुनजीको त्याग र आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”, उहाँले भन्नुभयो । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किशुनजीको राजनीतिक जीवनबाट काँग्रेसले पाठ सिक्नुपर्ने बताउनुभयो । सो अवसरमा किशुनजीको सम्झना गर्दै स्वस्ति वाचनसमेत गरिएको थियो ।

(Visited 12 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
चीनसँग आठवटा नाका खोल्ने सहमति हुँदै, हस्ताक्षर प्रधानमन्त्रीको भ्रमणमा
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली र प्रचडले दिए कार्यकर्तालाई लिखित निर्देशन, गुटबन्दी नगर्न चेतावनी
सभामुख या उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन
भ्रष्टाचार विरुद्ध अभियान थाल्न केन्द्रीय सदस्यहरुलाई अध्यक्ष ओली प्रचण्डको निर्देशन
सात महिनामा सहकार्य र छलफल गर्दै यसरी भयो नेपालका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण
सत्तापक्ष र प्रतिपक्षी एक भएमात्र देशमा विकास र सम्बृद्धि ल्याउन सकिने प्रचण्डको भनाई
गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र
विधानको कदर गर्न जाने काँग्रेस एकताबद्ध हुने आफ्नो आग्रह रहेको पौडेलको भनाई
एकताको लागि प्राविधिक विषय मात्र बाँकी रहेको वरिष्ठ नेता माधव नेपालको भनाई
English