कुरा मिल्यो उपेन्द्र यादवसँग, सरकारमा सहभागी हुने फोरमको निर्णय

संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज बसेको वैठकले संविधान संशोधनको विषयलाई सरकारले अपनत्व ग्रहण गरेको निष्कर्ष निकाल्दै सरकारमा जाने प्रस्तावलाई अनुमोदन गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
संविधान संशोधनमा सरकार सकारात्मक भएको आधारमा फोरमले लामो समयदेखि संविधान संशोधनका लागि गरेको सडक संघर्षको परिणाम स्वरुप अहिले वैचारिक रुपमा राजनीतिक सफलता प्राप्त भएको ठहर फोरमले गरेको छ । उहाँका अनुसार सरकारको नीति तथा कार्यक्रम र मन्त्रालयको बाडफाडका विषयमा भने नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द० सँग छलफल हुने छ । पार्टीले सरकार तथा दुबै दलका शीर्ष नेतासँग केही दिनदेखि अनौपचारिक रुपमा वार्ता गरीरहेको थियो । सो दलको प्रतिनिधिसभामा १७ जना सांसद रहेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धनको सरकार यही फागुन ३ गते गठन भएको थियो ।

(Visited 51 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा
डा. महेन्द्र विष्ट नेपाल टेलिभिजनको अध्यक्ष, राससमा श्यामल
नेपालमा आयो वेष्ट ईन्डिजबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी !
बरमाला बोकेर बेहुला बेहुली तयार, तर रोकियो चार जोडीको बिहे किन ? यो पढ्नुस्
फोरम, नयाँ शक्ति र माओवादीसँग नेकपाको एकता पहल, शासकीय स्वरुप फेर्ने कदम
अब गृह मन्त्रालयले एनजीओ र आईएनजीओलाई कारवाही थाल्ने, धर्म फैलाउनेमाथिको कडाई
English