कोरियामा गैरकानूनी रुपमा मान्छे पठाएको आरोपमा फाईट डाईरेक्टर राजेन्द्र खड्गी पक्राउ

प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

(Visited 694 times, 1 visits today)

सम्बन्धित समाचारहरू

लुट चलचित्रका निर्माता वाग्लेसहित ६ जना नक्कली नोटको कारोबारमा पक्राउ
मध्यपुरका मेयरमाथि आक्रमण गर्ने विप्लवका बोगटी पक्राउ
रमण श्रेष्ठ, शम्भु थापा लगायलते सुन तस्करको बचाउ गर्दै अदालतमा बहस गर्ने
धर्मगुरु भनिने श्रीनिवसमाथि मुद्दा दर्ता, १० दिनको म्याद थपियो
नेपाल प्रहरीलाई सफलता, आफैंलाई गोली हान्न लगाउने श्रीनिवासाचार्य पक्राउ
काठमाडौंका विभिन्न ठाउँबाट बरामद २५ हजार लिटर रक्सी नष्ट गरियो
सकियो ३३ किलो सुन तस्करी काण्ड र यसको सेरोफेरोका अपराधबारेको अनुसन्धान, आज मुद्दा दायर हुने
म्याग्दीमा ६८ वर्षीय धनबहादुर पुनले गरे बालिका बलात्कार, बृद्ध पक्राउ
बसबाट बहुमूल्य रुवि तस्करी गर्न खोज्ने तामाङ पक्राउ
सिआईबीले समात्इो चिनियाँ नागरिकलाई, १४ किलो सुनको तस्कर भएको आरोप
English