क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ । क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ मा यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको बताइएको छ । विमानबाट तीन जना महिलालाई सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । विमान हवानास्थित जोस मार्टी विमानस्थलबाट आन्तरिक उडानमा पूर्वी होलगुइका लागि उडेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो । क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो । विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको छ । विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान शुरु गरिएको राष्ट्रपति दायज केनलले बताउनुभयो । केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गनुभएको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए ।

(Visited 6 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English