क्षतिपूर्तिमा सहमति नभएपछि सडक दुर्घटनामा मृत्यु भएका बालकको शव अस्पतालमै

भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो । पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन् ।
मृतकको परिवारले रु सात लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने रु पाँच लाखबाहेक रु एक लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ ।
विवाद मिलाउन समिति
व्यास नगरपालिकाले व्यास नगरपालिका–१ को वडा कार्यालयसम्बन्धी विवाद मिलाउन नौ सदस्यीय समिति गठन गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरपालिकामा बसेको सरोकारवालाको बैठकले वडा कार्यालयको नयाँ भवन कहाँ बनाउने भन्ने सम्बन्धमा छलफल गरी राय सुझाव दिन समिति गठन गरेको हो । समितिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट चार, नेपाली काङ्ग्रेसबाट चार र एक इञ्जिनीयर रहेका छन् । समितिले कात्तिक १५ गतेसम्म सुझाव दिने छ । व्यास नगरपालिका–१ को स्थायी कार्यालय राख्नेबारे काङ्ग्रेस र नेकपाबीच विवाद छ । नेकपाले चारकुने तथा काङ्ग्रेस अन्यत्र कार्यालय राख्न् माग गर्दै आएको छ । विवादका कारण वडा कार्यालय भवन निर्माण हुनसकेको छैन ।

(Visited 1,488 times, 1 visits today)

सम्बन्धित समाचारहरू

फेरि मुस्ताङ लगिदैछ गुन्डा नाइके समीरमान बस्नेतलाई ?
क्षतिपूर्तिमा सहमति नभएपछि सडक दुर्घटनामा मृत्यु भएका बालकको शव अस्पतालमै
तेजाव आक्रमणमा परेकी रौतहटकी सम्झनाको निधन, पासवान प्रहरी अनुसन्धानमा
आनीलाई प्रयोग गरेर बम्जनमाथि बलात्कारको आरोप लगाइएको स्पष्टीकरण
१३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान
नक्कली सुनलाई सक्कली भन्दै ठग्ने ६ जना पक्राउ
मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल
चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
English