खालिदा जिया पक्राउपछि तात्यो बंगलादेशको राजनीति, हजारौंको प्रदर्शन

बङ्लादेशको प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको रिहाई गरी स्वच्छ तथा निष्पक्ष निर्वाचनको आह्वान गर्दै हजारौँ समर्थक तथा प्रशंसकले देशका प्रमुख शहरहरूमा सोमबार प्रदर्शन गरेका छन् ।
मुशलमान बाहुल्य १६ करोड जनसङ्ख्या भएको मुलुकमा दुई पटकसम्म प्रधानमन्त्री बन्नुभएकी पूर्व प्रधानमन्त्री जियालाई भ्रष्टाचार तथा आर्थिक अपचलन गरेको अभियोगमा गत हप्ता अदालतले दोषी ठहर गरेपछि पक्राउ गरी जेल चलान गरिएको थियो ।
नेतृ जियालाई पाँच बर्षको जेल सजाय हुनेगरी गत हप्ता यहाँको अदालतले फैसला सुनाएको थियो । तर उहाँका समर्थकले अदालतको उक्त निर्णय राजनीतिक उद्देष्यबाट अभिप्रेरित भएको भनी उक्त आदेश मान्न नसक्ने बताएका छन् ।
बङ्गलादेश नेशनलिष्ट पार्टी ९बिएन्पी० ले जिया विरुद्ध आएको हालैको फैसलामा पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । तर उक्त दलले जिया विरुद्ध अदालतबाट आएको उक्त निर्णयले आगामी डिसेम्बरमा हुनेगरी तय भएको संसदीय निर्वाचनमा प्रवाभ पार्ने देखेको छ ।
बिएन्पी समर्थक हजारौँ नागरिकले ढाकास्थित जेलमा रहेकी जियाको रिहाइको पक्षमा देशैभर प्रदर्शन गरिरहेका छन् ।
“हामीले जियाको तत्काल रिहाई तथा स्वच्छ तथा निष्पक्ष निर्वाचन चाहन्छौ,” बिएनपी महासचिव फाखरुल इश्लाम अलामगिरले करिब पाँच हजार प्रदर्शनकारी रहेको नेशनल प्रेस क्लब ढाकामा एएफ्पीसँग गरेको कुराकानीका क्रममा बताउनुभयो ।
बहत्तर बर्षीया जियाको विरुद्धको फैसलामा पुनरावेदन भएमा उहाँ धरौटीमा रिहा हुने अपेक्षा गरिएको छ । तर उहाँलाई सत्ताधारी दलले अन्य आरोपमा पुनः पक्राउ गरी उहाँको ख्यातीमा दाग लगाउने खेल हुनसक्ने विपक्षी दलका समर्थकबीच भय छ । जियाविरुद्ध दर्जनौँ अपराध तथा भ्रष्टचारका आरोप लगाइएका छन् ।

(Visited 36 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सरकारले ल्यायो नीति र कार्यक्रम, रोजगार सिर्जनादेखि उत्पादकत्व बृद्धिसम्मको प्रतिबद्धता
कमनवेल्थ गेम्समा अष्ट्रेलिया आएका २ सयभन्दा बढी खेलाडीबाट शरण माग, ५० बेपत्ता
ट्याक्सीमा चढ्दा बिल माग्नुस्, मिटरमा प्रिन्टर जडान नगरेका ट्याक्सीमाथि हुँदैछ कारवाही
चम्कियो नेपाली ठीटो, सन्दिपले लिए आईपीएलमा तीन विकेट
क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
नेकपाको संसदीय दलको पहिलो बैठक, विकासमा जुट्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन
अष्ट्रेलियाको शिक्षा क्षेत्रमा पहुँच बढाउँदै नेपाली, सुरु भयो किङ्स फोर्ड ईन्टरनेशनल कलेज
जनतालाई धोका नदिने पार्टी बनाउने ‘प्रचण्ड’ को प्रतिबद्धता
हवाईजहाजमा दुईवटा पाईट हुन्छन्, कम्युनिष्ट पार्टीमा पनि अध्यक्ष त्यस्तै हो : ओली
English