गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट

यतिबेलाका सबैभन्दा चर्चित नेपाली गायक सुगम पोखरेल कन्सर्टका लागि ब्रिसबेन आइपुगेका छन् । अष्ट्रेलियाव्यापी टूर अन्तर्गत उनी कार्यक्रमको सुरुवात ब्रिसबेनबाट गर्दैछन । मेगा कन्सर्ट २०१८ मा सहभागी हुन उनी अष्ट्रेलिया आएका हुन् । दशैं तिहारको अवसर पारेर आयोजना गरिएको यो कन्सर्टमा दि एक्स व्याण्डको समेत दमदार उपस्थिति रहनेछ । एक्स व्याण्डको २५ वर्ष पुगेको अवसरमा यो कन्सर्टलाई अझ विशेष बनाउने योजना रहेको आयोजक एमटी८८४८ ले जनाएको छ । दि ट्रफीडमा बिहीबार हुने क्न्सर्टमा दिक्षा थापा र पिन्टुले पनि साथ दिनेछन् । १८ वर्षभन्दा माथिकाहरुलाई मात्रै प्रवेश रहने कन्सर्टको टिकट दर ३० राखिएको छ । विद्यार्थीहरुले भने २० डलरमै प्रवेश पाउनेछन् । कन्सर्ट भेन्यूमा जानका लागि आईडी कार्ड अनिवार्य गरिएको छ । आजको मिट एण्ड ग्रिट असम बार एण्ड ग्रिलमा आयोजना गरिएको छ । 

(Visited 816 times, 1 visits today)

सम्बन्धित समाचारहरू

अझ कर्णप्रिय बन्यो कालजयी तिहारको गीत ‘दियो बाली साँझको…’
सोनाक्षी सिन्हाको विवाह गर्ने रोजाईमा ऋतिक रोशन, के पाक्दैछ बलिउडमा ?
एक सातामै चार लाखले हेरे अष्ट्रेलियामा बनेको हरर चलचित्र “सुनकेशरी” (Watch Movie)
परदेशमा देशको याद, किरण भण्डारीले ल्याए ‘हुलाकी’बजारमा
गायक सुगम पोखरेल आइपुगे ब्रिसबेन, आज मिट एण्ड ग्रिट, भोलि कन्सर्ट
भारतीय क्राइम सिरियल सीआईडी बन्द, सोसियल मिडियामा सोनीविरुद्ध आक्रोस पोखियो
डबलीमा हरिवंश, स्तरीय हाँस्य, चोटिलो व्यंग्य – मेलबर्नवासीले पाए भरपूर मनोरञ्जन
अष्ट्रेलियामा बनेको पहिलो नेपाली हरर चलचित्र सुनकेशरीको युट्युब रिलिज हुँदै
बहुसांस्कृतिक हिन्दु मन्चमा नेपाली देउसीको आकर्षक प्रस्तुति
एडिलेडमा छक्कापन्जा-३ हाउसफ़ुल, नयाँ शो आजका लागि थपियो
English