गुगललाई पनि लाग्यो सिन्डीकेटको आरोप, ५ खर्ब बढी जरिवाना, एन्ड्रोईडलाई पनि धक्का

– BBDWORLD / सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो । इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो ।
आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ । उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ । तर जरिवाना रकम तिर्न चाहनेहो भनेपनि गुगलसँग पर्याप्त रकम नभएको होइन । मार्च महिनाको अन्त्यसम्ममा गुगलसँग१ सय ३ खर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । 
युरोपेली आयोगको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगकी प्रतिस्पर्धा आयुक्त मार्गे्रथ वेस्टागेरले उपभोक्ताहरुलाई छनोटको अधिकार हुनुपर्ने बताइन् ।
आयोगको आदेशपछि उत्पादकहरुलाई एन्ड्रोइड अपरेटिंग सिस्टमको फरक संस्करण प्रयोग भएका स्मार्ट डिभाइसहरु बेच्न मार्ग प्रसस्त हुने विश्वास उनको छ । यसले बजारको अवस्थानै परिवर्तन हुनेछ । युरोपेली आयोगको आदेश लगत्तै गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले एक ब्लग लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिव्र गतिको आविष्कार, विस्तृत छनोट र घट्दो मूल्य नै प्रतिस्पर्धाका विशिष्ट मानक हुन् र एन्ड्रोइडकै कारण यी सबै सम्भव भएको छ । आजको आदेशले एन्ड्रोइड सपोर्ट गर्ने बिजनेस मोडेल अस्विकार गरेको छ जसले धेरै विकल्प प्रदान गरेको थियो ।’
यसअघि आयोगले गुगलमाथि तुलनात्मक सपिङ सर्भिस सम्बन्धी एक छुट्टै मुद्दामा २ अर्ब ४० करोड युरो जरिवाना गरेको थियो । आयुक्त वेस्टेगरको टोली गुगलविरुद्धको अर्को अनुसन्धानमा पनि जुटेको छ जसमा गुगलको विज्ञापन प्लेसिङ्ग बिजनेस ‘एडसेन्स’ शंकाको घेरामा छ ।
गुगलमाथि चार अर्ब ३० करोड युरो जरिवाना गरिएको पछिल्लो मुद्दाका सन्दर्भमा आयुक्त वेस्टेगरले तिनवटा कारण प्रस्तुत गरेकी छिन्, जसमाः · गुगलले एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेट निर्मातालाई आफ्ना स्मार्ट डिभाइसमा गुगल प्ले एपस्टोरमाथिको पहुँचका लागि गुगल सर्च एप तथा क्रोम ब्राउजर प्रिइन्स्टल गर्न बाध्य पारेको ।
· ठूलो परिमाणमा स्मार्टफोन तथा ट्याब्लेट उत्पादन गर्ने कम्पनीहरुलाई डिभाइसमा गुगल सर्च एप प्रिइन्स्टल गरेबापत पैसा खुवाउने गरेको ।
· स्मार्टफोन उत्पादकहरुलाई वैकल्पिक भर्सनको एन्ड्रोइड प्रयोग गरिएका स्मार्टफोन उत्पादन गर्नमा रोक लगाएको र त्यसो गर्नेलाई आफ्ना एप प्रिइन्स्टल गर्न नदिने चेतावनी दिएको ।
यद्यपि गुगलले एन्ड्रोइड डिभाइसहरुमा अन्य वेब ब्राउजर तथा सर्च एप डाउनलोड गर्न रोक लगाएको छैन । तर केवल १ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले मात्र गुगल बाहेकको अन्य सर्च एप डाउनलोड गरेका छन् । त्यस्तै एन्ड्रोइड डिभाइसमा क्रोम बाहेकको वेब ब्राउजर प्रयोग गर्ने केवल १० प्रतिशत मात्र छन् । मोबाइल इन्टरनेटको प्रयोग तिव्र गतिमा बढिरहेको बेला गुगलले प्रयोगकर्ताको बढ्दो संख्याको दुरुपयोग गरी नाफा कमाइरहेको आरोप युरोपेली आयोगको छ । यसअघि गुगलको विज्ञापनमैत्री सर्च सर्भिसले डेस्कटप कम्प्युटर प्रयोगकर्तालाई पनि यस्तै नाफाका लागि प्रयोग गरेको थियो । सन् २०११ यता गुगलले युरोपमा इन्टरनेट सर्चसँग सम्बन्धित एन्ड्रोइडबाट गरेको रकमकै आधारमा पछिल्लो जरिवाना गरिएको आयुक्तको भनाई छ ।

(Visited 882 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English