गृहमन्त्री बादलले गरे मोदीको भ्रमण हुने जनकपुरको सुरक्षा अवलोकन, भ्रमण धार्मिक र सांस्कृतिक मात्र

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो ।
उहाँले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताउनुभयो । गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो ।
उहाँले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गर्नुभयो । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको छ भन्नुभयो । भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

(Visited 1,422 times, 1 visits today)

सम्बन्धित समाचारहरू

संसदमा आयो हवाई महासन्धि, अब दुर्घटनामा ज्यान गुमे एक करोड २४ लाख
जनतालाई केन्द्रमा राखेर काम गरेमात्र देशले सम्बृद्धि पाउने
नारा जुलुसमा हैन विकास निर्माणमा लाग्न प्रधानमन्त्रीको सुझाव
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
सरकारलाई पाँच महिनामै घेराबन्दी गर्न खोजेको प्रचण्डको आरोप
प्रेस अर्गनाईजेशन नेपाल बनाउँदै एमाले र माओवादी समर्थित पत्रकार
जपानमा वीपी कोइरालाको जेल जीवनबारे ‘ईतिहासको जेल’ वृत्तचित्र प्रदर्शन
नेम्वाङले गरे गोविन्द केसी सहमति ब्रिफिङ नेकपाका सांसदहरुलाई !
सरकारको आयु तोक्ने काम अराजकताको पराकाष्ठा : योगेश भट्टराई
चितवन पुगेर प्रचण्डले भने- हामीलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लाग्यो
English