गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन आज शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले जानकारी दिएको छ । गैरआवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।
मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । “हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।”
सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु-याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।
अझै बनेन लाप्राक
एनआरएनएका महिला उपाध्यक्ष सफिलाराज भण्डारीले भूकम्पले क्षति पु¥याएको गोरखाको लाप्राक गाउँमा नमूनाबस्ती निर्माणको काम तीव्र पारिएको जानकारी गराउनुभयो । करीब ७० प्रतिशत काम पूरा भएकाले आगामी वैशाख १२ गते उक्त गाउँ हस्तान्तरण गर्ने योजना रहेको उहाँको भनाइ थियो । एनआरएनएले भूकम्पपछि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । तर लाप्राकमा १८ हेक्टर क्षेत्रफलमा ५७६ घर निर्माण भइरहेको भण्डारीले बताउनुभयो । घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको छ । दुई वर्षअघि सो घर निर्माण गर्न सम्झौता भएर काम शुरु गरिएको थियो । गैरआवासीय नेपाली दिवसको अवसरमा घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको भए पनि विभिन्न कारणले ढिलाइ हुन पुगेको हो । निकै चुनौतीका बीच लाप्राकको बस्ती निर्माणमा आफूहरु लागेको अध्यक्ष भट्टले बताउनुभयो ।
रु दश अर्बको कोष बनेपछि लगानी बढ्ने
एनआरएनएका अध्यक्ष भट्टले रु १० अर्बको कोष सङ्कलन भएपछि नेपालमा लगानी बढ्ने बताउनुभएको छ । कोष निर्माणको प्रक्रियामा चलिरहेको भन्दै भट्टले यसलाई सामूहिक लगानी कोषको रुपमा खडा गर्ने उद्देश्य रहेको बताउनुभयो । कोषमा नेपाल सरकारको ५, एनआरएनएको ५, स्थानीयवासीको ५ तथा ८५ प्रतिशत एनआरएनएको अगुवाइमा सर्वसाधारणको लगानी रहने छ । यसैबीच गैरआवासीय नेपाली दिवसको अवसरमा विहिबार बिहान ७ बजे स्वयम्भूमा एकलाख बत्ती बालिने, ९ बजे पशुपतिमा पूजा, १ बजे पुस्तकालय स्थापनाका लागि नेपाल पत्रकार महासङ्घसँग सम्झौता गर्ने कार्यक्रम रहेको महासचिव बद्री केसीले जानकारी दिनुभयो । दिवसको अवसरमा दिउँसो २ बजे माइतीघर मण्डलामा झण्डोत्तोलन गर्ने कार्यक्रम छ । कार्यक्रममा अध्यक्ष भट्टले पछिल्लो समयमा ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना निर्माण गरिएको, जनकपुरधामको संरक्षणका लागि परियोजना अगाडि बढेको र काठमाडौँ मुग्लिनको सडक सुरक्षा योजना तयार पारिएको बताउनुभयो ।

(Visited 1,481 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English