गोरखा समाज अष्ट्रेलियाको दोस्रो बार्षिक साधारण सभाबाट त्रिलोचन पोखरेल नेतृत्वको नयाँ कार्यसमितिको चयन

अष्ट्रेलियामा रहेका गोर्खालीहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ खोलिएको गोरखा समाज अष्ट्रेलियाको दोस्रो साधरण सभा सम्पन्न भएको छ । सिड्नीको एशफिल्ड पार्कमा साधारणसभा गरिएको हो ।
कार्यक्रममा बिभिन्न सँस्थाका प्रतिनिधिहरू, समाजका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु र नेपालबाट भ्रमण भिसामा आएका अभिभाबकहरूको समेतको उपस्थिति थियो । साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना तय गरेको छ । साधारणसभाबाट त्रिलोचन पोखरेल अध्यक्ष चुनिएका छन् । यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा प्रकाश बस्ताकोटी, सचिबमा शिब बन्जारा, कोषाध्यक्षमा ऋतु श्रेष्ठ र सह९कोषाध्यक्षमा राजु पोखरेललाई मनोनित गरिएको छ । यस्तै अन्य कार्यकारी सदस्यहरुमा सुरेन्द्र दुवाडी, ईश्वर दाहाल, संजित श्रेष्ठ, जय श्रेष्ठ, सजिता श्रेष्ठ, कृष्ण भट्टराई, दिजा श्रेष्ठ, संजय श्रेष्ठ, शर्मिला धिताल, दिनेश श्रेष्ठ, योगेन्द्र जोशी, दिपक देबकोटा, संजिप खत्रि, कृष्ण भट्ट र प्रज्वल श्रेष्ठ छन् । सँस्थालाई अष्ट्रेलियाका अन्य राज्यहरुमा पनि विस्तार गर्ने एक/एक संयोजक रहने र उक्त संयोजक मुख्य कार्यसमितिको उपाध्यक्ष रहने गरि बिधान पनि संशोधन गरिएको छ ।
कार्यक्रमको सञ्चालक शिब बन्जाराले संस्थाको स्थापना कालदेखि आजसम्म समाजले गरेका सामाजिक गतिबिधीहरूको बारेमा प्रतिबेदन पेश गर्दै सँस्थाले छोटो समयमा नै उल्लेख्य सामाजिक काम गरेको बताएका थिए । सँस्थाका सचिब प्रकाश बस्ताकोटीले सँस्था पारदर्शितामा सदैब स्पष्ट रहेको बताउदै सँस्थाको आर्थिक प्रतिबेदन पेश गरेका थिए । एन।आर।एन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरूङ्गले गोखा समाजले सामाजिक क्षेत्रमा अत्यन्त्यै सर्ह्रनिय काम गर्दै आएको बताउदै आगामी कार्यकालको लागि शुभकामना ब्यक्त दिएका थिए । उक्त अवसरमा बोल्दै चर्चित चिकित्सक डा। कुमुद धितालले आगामी दिनहरूमा सँस्थाले अझै प्रभाबकारी र ठोष कार्ययोजनाहरू बनाएर जानुपर्ने बताएका थिए । अभिभाबकहरूको प्रतिनिधित्व गर्दै कृष्ण थापाले प्रबासमा पनि गोर्खालीहरु एकजुट भएको देख्दा खुशी लागेको धारणा राखेका थिए । नयाँ कार्यसमितीका अध्यक्ष त्रिलोचन पोखररेलले आगामी दिनहरूमा सम्पूर्ण गोरखालीहरुलाई एकताबद्ध गरेर बिबिध रचनात्मक काम गर्दै सँस्थालाई नयाँ उचाईमा पुर्याउन आफुले सक्दो प्रयास गर्ने अठोट व्यक्त गरे ।

(Visited 109 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा एनआरएनको परोपकारी गाला डिनर, सात प्रदेशका ९ विद्यालयलाई सहयोग
न्याभको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण, एक्सीलेन्स एवार्ड पनि वितरण
नेपाल पर्यटन सेल्स मिसन अष्ट्रेलियन ट्राभल एजेण्टसको ध्यानाकर्षण गर्न सफल
सुशील चालिसेको मुक्तक संग्रहको मेलबर्न बिमोचन, साहित्यसँगै समाजसेवा
भव्य बन्यो मेलबर्नमा नेपाल विजनेस एण्ड टुरिजम प्रमोसन नाईट २०१८ (भिडियोसहित)
नेपालमा लगानी बढाउन मेलबर्नमा बिजनेस फोरम २०१८ आयोजना, कर छुटदेखि लगानी सुरक्षासम्मको चर्चा (With Video)
क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र, एक्सपर्ट ब्रिसबेनका सागर अर्यालले दिए एक लाख डलर सहयोग
मेलबर्नमा वाक फर वेलफेयर, सबैबाट प्रशंसीत एउटा उदाहरणीय काम !
मेलबर्नमा एक्सपर्टको ‘एजुकेशन एण्ड माईग्रेसन फेयर’ भोलि १२ बजेदेखि
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
English