चर्चामा आयुष्का खनियाँको नयाँ गीत ‘यो मनले के भन्छ’ (भिडियोसहित)

अल्मोडा रानासँग जुन त लग्यो ताराले बोलको गीतमा आफ्नो जादूमयी आवाज भरेपछि चर्चाको शिखरमा पुगेकी अष्ट्रेलियाकी नेपाली प्रतिभा आयुष्का खनियाँले आफ्नो नयाँ गीत संगीत आकाशमा ल्याएकी छिन् । युट्युबमा करिब ३५ लाख पटक हेरिएको उनको अघिल्लो गीतमा अल्मोडाको साथ पाएकी आयुष्काले नयाँ गीतमा सञ्जीव सिंहको शब्द र संगीतमा गाउने अवसर पाएकी छिन् । अघिल्लो गीत उनको उमेर सुहाउँदो बालगीतको रिमिक्स थियो भने यसमा माया प्रेमको भाव बोलिएको छ । आयुष्काको नयाँ गीत ‘यो मनले के भन्छ सुनीराख न’ मा मोडलहरु शिव र सब्बुले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायाँकन सविन र कीर्तनले गरेका हुन् । क्यानबेरा निवासी आयुष्का अष्ट्रेलियामा आयोजना हुने विभिन्न कन्सर्टहरुमा पनि आफ्नो प्रस्तुति दिने गर्दछिन् ।

(Visited 1,110 times, 1 visits today)

सम्बन्धित समाचारहरू

रिलिजको तेश्रो हप्तामा सुनकेशरी, शनिबार सिड्नी र आईतबार एडिलेडमा प्रदर्शन
सिड्नीको टाउन हाउसमा सप्तपरी फेशन शो आयोजना हुँदै, पूर्वमिसनेपालदेखि अभिनेत्रीसम्म र्याम्पमा
मायाको छुट्टै गीत, प्रज्वल राना भन्दैछन् जाउ फर्केर नआउ…!
सुनकेशरीको आज मेलबर्नमा दोश्रो शो, सिड्नीमा रेडकार्पेट प्रिमियर गरिँदै !
कवितालाई संगीततको साथ, किरणले दिए कवितालाई सांगीतिक जीवन
हरर विधामा सबैभन्दा बढी लगानीको पहिलो नेपाली चलचित्र सुनकेशरी शुक्रबार नेपालसँगै मेलबर्नमा पनि रिलिज हुने
सञ्जीव सिंहको ‘गोरी यता सुन न’को नयाँ भिडियो सार्वजनिक, ब्रिसबेनमा छायाँकन (Watch Video)
अष्ट्रेलिया निवासी गायक ईश्वर पोखरेलको गीतमा आकाश वर्षालाई कति बज्यो भनेर सोध्दै
खगेन्द्र लामिछानेको नयाँ प्रयोग डमरुको डन्डीवियो ६ मेमा मेलबर्नमा प्रदर्शन हुने
एडिलेड निवासी गायिका प्रजिताको व्यूटीफुल गर्ल, गिरिश खतिवडाको साथ
English