चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ

सामूहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३० गते उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय युवराज सारु मगर, वडा नं २ बस्ने १९ वर्षीय सैन्थील धिमाल, भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय आकाश थापा, भरतपुर महानगरपालिका–२९ बस्ने ३५ वर्षीय अर्जुन बिक र १७ वर्षीय युवक रहेका छन् । उनीहरुले प्यूठान जिल्ला घर भई भरतपुर आफन्तकामा बसेर काम गर्दै आएकी किशोरीमाथि साउन ३० गते भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको डिएसएम मिनरल वाटर कम्पनीमा लगी सामूहिक बलत्कार गरेको आरोप लागेको छ ।
उनीहरुले बालकसँग सामान्य चिनजान भएकी उनलाई दिउँसो ३ बजे नारायणगढको पुल्चोक पु¥याइदिने भन्दै म्याजिकमा लगेका थिए । म्याजिकका सहचालक र म्याजिक चालक आकाश थापाले दिनभर अनेक बहाना बनाई साथमा नै लिएर हिँडेको प्रहरीले जनाएको छ । दिनभरसँगै लगेपछि रातको समयमा किशोरीलाई मिनरल वाटर कम्पनीमा लगी मादकपदार्थ सेवन गराई सामूहिक रुपमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बालिकाको प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिए पनि विस्तृत अनुसन्धानपछि मात्र थप पुष्टि हुने आचार्यले बताउनुभयो । उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 1,455 times, 1 visits today)

सम्बन्धित समाचारहरू

आनीलाई प्रयोग गरेर बम्जनमाथि बलात्कारको आरोप लगाइएको स्पष्टीकरण
१३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान
नक्कली सुनलाई सक्कली भन्दै ठग्ने ६ जना पक्राउ
मानसिक रोगीलाई बलात्कारी बनाएर हत्यारा लुकाएको भन्दै कञ्चनपुरमा हड्ताल
चितवनमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
कसले हाल्यो मोरङको विद्यालयको खानेपानी ट्यांकीमा विष ? १३ विद्यार्थी बिरामी
अपहरणकारीसँग भिडन्तै भएको प्रहरी दाबी, गृहमन्त्रीले भने छानविन हुन्छ
अबोध निशानको के दोष, फुटबल खेलाडी बन्ने सपना यसरी अधुरै रह्यो, दाहसंस्कार बिहीबार
English