चुनावमा शर्मनाक पराजय भएपछि मलेसियाका पूर्वप्रधानमन्त्रीबाट प्रमुख पदबाट राजीनामा

मलेसियाका पुर्वप्रधानमन्त्री नाजिब राजाकले आफ्टो पार्टी र गठबन्धन निर्वाचनमा पराजीत भएकाले पार्टी र गठबन्धनको प्रमुख पदबाट राजीनामा दिनुभएको छ ।
निर्वाचनमा पार्टी र गठबन्धन पराजीत हुनु नेतृत्वकर्ताको हैसियतले आफ्नो मुख्य कमजोरी भएको बताउदै उहाँले पार्टीको अध्यक्ष र गठबन्धनको सभापति पदबाट शनिबार राजीनामा दिएको घोषणा गर्नुभएको हो । “युएमएनओको अध्यक्ष र बारिसान नेशनलको सभापति पदबाट मैले राजीनामा दिने निर्णय गरेको छु, अव नयाँ नेता आएर यसलाई प्रभावकारी बनाउनुपर्छ,” क्यावालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । निर्वाचनमा आफ्नो पार्टी र गठबन्धनले पराजय भोगेकाले आफूले राजीनामा दिनु आफ्नो नैतिक जिम्मेवारी भएको उहाँले पत्रकारहरुसँग बताउनुभयो । नाजिब सन् २००९ देखि केहीदिन अगाडी सम्म मलेसियाको प्रधानमन्त्री बन्नु भएको थियो । यस अवधिमा उहाँले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको थियो ।
उहाँले भ्रष्टाचार गरेको र पदीय शक्तिको दुरुपयोग गरेको आरोपकै कारण हालै भएको निर्वाचनमा उहाँको पार्टी र गठबन्धन पराजीत भएको हो ।
यही आरोपमा नयाँ सरकारले नाजिब र उहाँको परिवारका सदस्यहरूलाई देश छाड्न प्रतिबन्ध पनि लगाएको छ । मलेसियाको आप्रवासन विभागल पराजयपछि सत्ताबाट बाहिरिनु भएका पुर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो ।
विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिवले लेख्नु भएको छ, “मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु ।”
यस निर्वाचनमा पाकाटन हारापन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पुर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन गरिसकिएको छ ।

(Visited 8 times, 1 visits today)

सम्बन्धित समाचारहरू

क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा
ह्यारी र मर्केलको विवाह सम्पन्न, विश्वभरबाट ६ सय विशिष्ट पाहुना सरिक
अमेरिका र दक्षिण कोरियाले सैनिक अभ्यास जारी राखे वार्तामा नआउने उत्तरको चेतावनी, बैठक स्थगित
बनारसमा बन्दाबन्दैको आकासे पुल भत्कियो, १८ जनाको मृत्यु
चुनावमा शर्मनाक पराजय भएपछि मलेसियाका पूर्वप्रधानमन्त्रीबाट प्रमुख पदबाट राजीनामा
अमेरिकाको भनाईप्रति क्यूबाको आपत्ति, पुरानै शैलीमा अघि बढ्न खोजेको आरोप
चीनले गर्यो किमका प्रशंसा, आणविक निशस्त्रीकरणमा खेलेको भूमिका सराहनीय
दुई कोरियाले आफ्नो सीमाक्षेत्रका प्रोपोगाण्डाका ठूला स्पीकरहरु हटाए, सुखद संकेत
आफ्ना सैनिकले मुशलमानहरुलाई बलात्कार नगरेको सेना प्रमुख हानिङको दाबी
अर्को महिनाबाट उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गर्ने, अमेरिकी अधिकारीहरुलाई आमन्त्रण
English