चोरिएको हैन यो त वितरण नै गरेको रहेछ खानेपानी, जवाफ दिँदै हाकिम !

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानी मूल पाइपबाट वितरण गरी लगिएका घरको ग्राहक नं र बिल पेश गर्न खानेपानी महसुल निर्धारण आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएको छ । आयोग कार्यालयमा आज भएको छलफलमा अध्यक्ष उपेन्द्रकुमार अधिकारीले लिमिटेडलाई ग्राहक नं, बिलसहित लिखित जवाफ पेश गर्न निर्देशन दिनुभएको हो । वाग्मतीबाट उपत्यकामा वितरणका लागि ल्याइएको पानी मूल पाइपबाट अवैधरुपमा ड्रिल गरी लगिएको तस्बीर राष्ट्रिय समाचार समिति ९रासस० मार्फत जेठ १३ गते आइतबार सार्वजनिक भएको थियो ।
तस्बीर सार्वजनिक भएपछि आयोगले जेठ १४ गते लिमिटेडलाई पत्र लेखी पानी अवैधरुपमा लगिएको सम्बन्धमा छलफलका लागि आज कार्यालयमा उपस्थित हुन आदेश दिएको थियो । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने वाग्मतीको पानी गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा मूल पाइपबाटै ड्रिल गरी वितरण गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ जोड्ने कोलमती खोलामा ड्रिल गरी पानी बस्तीमा वितरणका लागि लगिएको तस्बीर राससबाट जेठ १३ गते आइतबार सार्वजनिक भएको थियो । तस्बीर सार्वजनिक भएपछि अनलाइन पोर्टल र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो । लिमिटेडका प्रबन्धक विजयनाथ श्रेष्ठले आज आयोगमा मूल पाइपबाट पानी वितरण गर्नु गलत भए पनि अन्य विकल्प नभएकाले त्यसो गर्न बाध्य हुनुपरेको जवाफ दिनुभएपछि आयोगले ग्राहक नं र बिल पेश गर्न निर्देशन दिएको अध्यक्ष अधिकारीले राससलाई जानकारी दिनुभयो । उपत्यकामा वितरण भएको पानीमध्ये ४० प्रतिशत चुहावट भइरहेको लिमिटेडकै प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदन १० वर्षअघिको अध्ययनका आधारमा तयार गरिएको हो । चुहावटका सम्बन्धमा पछिल्लो अध्ययन नभएकाले हाल अझ बढी चुहावट हुनसक्ने लिमिटेडका प्रवक्ता सुरेश आचार्यले बताउनुभयो । लिमिटेडका प्रबन्धक श्रेष्ठले रासससँग कुरा गर्नुहुँदै अव्यवस्थित शहरीकरणका कारण मूल पाइपबाट नै ग्राहकलाई पानी वितरण गर्न बाध्य हुनुपरेको बताउनुभयो । त्यस ठाउँमा वितरण सञ्जाल भए पनि पाइप सानो भएको उहाँको भनाइ थियो ।

(Visited 25 times, 1 visits today)

सम्बन्धित समाचारहरू

सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन आयोजना हुँदै, नेपालको विकास केन्द्रमा (भिडियोसहित)
एक सातापछि अष्ट्रेलिया जान लागेकी युवतीको प्रेमीबाट हत्या !
अष्ट्रेलियाका खडेरीपीडित किसानलाई नेपाली समूदायले सहयोग गर्ने, एनआरएनले लियो अग्रसरता
नेपाल र अष्ट्रेलिया परामर्श बैठक काठमाडौंमा, राजदूतले उठाइन् विद्यार्थीको समस्या
गंगामायाको छोरो नूरप्रसादबारे नयाँ खुलासा, श्रीमती र छोराको विजोग !
आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता
विद्यार्थीले सातामा २० घण्टाभन्दा बढी काम गरेको भेटेपछि विमानस्थलबाट फिर्ता, भिसा रद्द
अष्ट्रेलियामा खडेरीले सर्पको जोखिम बढायो, सतर्क रहन आग्रह
दोश्रो बन्दै मेलबर्नले गुमायो मष्ट लिभेवल सिटीको ताज, यस पटक भियना एक नम्बरमा !
नेपाली क्रिकेटमा सघाउँदै एक्सपर्ट एजुकेशन, पारस खड्का बने एक्सपर्टको ब्रान्ड एम्बेसडर
English