जनतालाई केन्द्रमा राखेर काम गरेमात्र देशले सम्बृद्धि पाउने

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनतालाई केन्द्रमा राखेर काम गर्दा नै मुलुकको समृद्धि हुनसक्ने बताउनुभएको छ । नेपाल–कोरिया मैत्री संघले आयोजना गरेको “जुछे विचारधारामा आधारित शान्ति तथा समृद्धिबारेको नेपाल राष्ट्रिय सम्मेलन” मा सभामुख महराले भन्नुभयो, “समृद्धिको मुख्य आधार सार्वभौमसत्तासम्पन्न जनता नै हो । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको क्रान्ति र आत्मनिर्भरताको सिद्धान्तले पनि हामीलाई त्यही पाठ सिकाएको छ ।” उहाँले उत्तर कोरिया र त्यहाँका नेता किम इल सुङ्गको नेतृत्वमा साम्राज्यवादीलाई पराजित गरी नयाँ सत्ताको स्थापनाले आत्मनिर्भरता र राष्ट्रवादी पक्षधरलाई उजागर गरेको बताउनुभयो । कुनै पनि देशमा शान्ति स्थापना क्रान्ति नभइकन सम्भव नहुने बताउँदै जनता केन्द्रित र मानव केन्द्रित जुछे विचारधारालाई आत्मसात् गर्न सक्नुपर्नेमा उहाँको जोड थियो । सुङ्गको नेतृत्वमा जापानविरुद्ध सञ्चालित सशस्त्र संघर्षले सन् १९४५ अगष्ट १५ विजय हासिल गरेको थियो भने सने १९४८ सेप्टेम्बर ९ मा प्रजग कोरियाको स्थापना भई सुङ्ग राष्ट्रपति हुनुभएको थियो । त्यसप्रति कोरियाली कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । हाल सो पार्टी कोरियाली श्रमिक पार्टीका नामबाट पुनःगठित भएको छ ।
नेकपा (माले) का महासचिव सिपी मैनालीले कोरियाली क्रान्तिबाट सिकेर सामाजिक बजार अर्थतन्त्र स्थापना गर्नुपर्नेमा वाम सरकारले समेत नव उदारवादी पूँजीवादी अर्थतन्त्रलाई लागू गरेको भन्दै आफ्नो पार्टीको नेपाल चिन्तन सही भएको जिकिर गर्नुभयो । कार्यक्रममा प्रजग कोरियाका प्रमण्डलको सहभागिता थियो भने कोरियासम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

(Visited 793 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
कमल थापाले भने पार्टी एकताको पहल भइरहेको छ, अन्य राप्रपाहरुसँग छलफल
दशैंको शुभकामना दिँदैगर्दा माधवकुमार नेपालले देखाए नृत्य शैलीको रुप !
उमेर हद विवादले नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको अधिवेशन अनिश्चित
प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
English