जपानमा वीपी कोइरालाको जेल जीवनबारे ‘ईतिहासको जेल’ वृत्तचित्र प्रदर्शन

पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको जेल जीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र जापानमा प्रदर्शन गरिएको छ । बिपीको ३७ औँ स्मृति दिवसको अवसर पारेर आइतबार र सोमबार बिपी चिन्तन एवं गणेशमान फाउण्डेशन जापान तथा बिपी संग्रहालय समिति काठमाडौँको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा कोइरालाको राजनीतिक इतिहास र जेल जीवनका बारेमा जानकारी समेत गराइयो । वृत्तचित्रमा बिपी, सर्वोच्च नेता गणेशमान सिंहले पञ्चायती शासनमा सुन्दरीजलको कारागारमा बिताएका जेल जीवनको अवस्थाबारे चित्रण गरिएको छ । कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दी गृहलाई संग्रहालय बनाउन गरिएको संघर्षका बारेमा स्मरण गराउनुभयो । बिपी चिन्तन तथा गणेशमान फाउण्डेशन जापानका अध्यक्ष डा बलराम श्रेष्ठले प्रजातान्त्रिक समाजवादी दर्शन र चिन्तन विश्वमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा बिपी चिन्तन तथा गणेशमान फाउण्डेसन जापानकी सचिव जापानी नागरिक इमुरा हिरोकोले प्रजातान्त्रिक नेता बिपीको जेल जीवनबारे वृत्तचित्र जापानमै हेर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानका संस्थापक अध्यक्ष राजन प्रधान, बुद्धिजीवी, सामाजिक, राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधि सहभागी भई वृतचित्र रुचिपूर्वक हेर्नुभएको थियो ।

(Visited 596 times, 1 visits today)

सम्बन्धित समाचारहरू

माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
योगेश भट्टराईलाई मन्त्री बनाउने योजनामा प्रचण्ड, यही सरकार ५ वर्ष
नेकपामा नेता बामदेव चर्चामा, खरेलले पुस्तकमा पछारे, पोखरेलले बैठकमै लछारे
कमल थापाले भने पार्टी एकताको पहल भइरहेको छ, अन्य राप्रपाहरुसँग छलफल
दशैंको शुभकामना दिँदैगर्दा माधवकुमार नेपालले देखाए नृत्य शैलीको रुप !
उमेर हद विवादले नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको अधिवेशन अनिश्चित
प्रचण्ड बिहीबार भारत जाने, चीनको पनि भ्रमण गर्ने, गरे सरकारका मन्त्रीको फेदरबदल संकेत
भूकम्पले बन्द भएको तातोपानी नाका अवलोकनमा दुई देशका अधिकारीहरु
यस्तो भयो नेपालमा गरिएको बिमस्टेकको पहिलो सम्मेलनको उद्घाटन
सभामुख महराको अध्यापन जीवनको अनुभव यस्तो छ, महरा सर भन्दा गमक्क
English