जुन २२ मा एडिलेडमा गजल मुशायरा, १३ गजलकारको महफिल सजिदै !

कर्मभूमिमा देशको साहित्य प्रबद्र्धन र संरक्षण गर्नु कम्ति गाह्रो हुँदैन । कर्मभूमिमा कर्मले समय ओगट्छ अनि आफ्ना भावहरु अन्तर कुन्तरमा कतै चेपिएर, छेकिएर बस्छन् । तर, अष्ट्रेलियामा भने लामो समयदेखि यस्ता अन्तर कुन्तरमा रहेका भावनाहरुलाई प्रस्फुटित गराउने माध्यम बनेको छ गजल मुशायरा ।
गजल मुशायराका सफलतम श्रृंखलाहरु सम्पन्न गरिसकेको टिमले सिड्नीमा चार सफल श्रृंखलाहरू र ब्रिसबेनमा यौटा भव्य श्रृंखला पछि इनास साउथ अष्ट्रेलियाको प्रस्तुतिमा चर्चित सम्पूर्ण गजल कार्यक्रम गजल मुशायराको एडिलेड संस्करणको आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी जुन २२ तारिख शुक्रबार साँझ बजेदेखि नर्थ एडिलेड कम्युनिटी सेन्टरको हलमा हुनेछ । कार्यक्रममा १३ जना गजलकारहरुको गजल वाचन, लाईभ गजल गायन तथा गजलमा नृत्य पनि समावेश हुनेछ । गजल वाचनमा यस पटक एडिलेडका गजलकारहरुलाई सिड्नी, ब्रिस्बेन, अल्बेरी लगायतका शहरबाट समेत सर्जकहरुले साथ दिने कार्यक्रमका संयोजक तथा इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहालले बताए ।
मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा सुरु गरिएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र एडिलेडको संस्करणले एडिलेडको साहित्यिक माहोललाई अझ तताउनेमा विश्वस्त रहेको जानकारी गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्लले दिए ।

(Visited 27 times, 1 visits today)

सम्बन्धित समाचारहरू

मेसी म्याजिक भएको अवस्थामा अर्जेन्टिनाका लागि दोश्रो चरणको ढोका यसरी खुल्नसक्छ
गोल किपरको मुर्खताले अर्जेन्टिना संकटमा, क्रोएसियासँग तीन शून्यले पराजित
माओको देशमा ओली, नेपाल कम्युनिष्ट आन्दोलनबाट विश्वले सिक्नसक्ने प्रधानमन्त्रीको भनाई
मासुका लागि कुकुर मार्ने काम बन्द गर्न कोरियाको अदालति आदेश
नेपाल र अष्ट्रेलियाबीच व्यापार बृद्धि गर्न मेलबर्नमा ‘विजनेस फोरम’ आयोजना हुँदै
अलविदा डा. देवकोटा, गोर्खा धन्य भयो तिम्रो जन्मबाट, नेपाल धन्य भयो तिम्रो कर्मबाट !
असार १४ गते काठमाडौं ओर्लदै नयाँ विमान, थप आठ विमान किन्ने तयारी
प्रधानमन्त्री चीनतर्फ, ६ दिने भ्रमणबाट नेपालीको धेरै अपेक्षा
वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन, मंगलबार विहान ८ बजेदेखी १ बजेसम्म श्रद्धाञ्जली दिइने
विश्वकपको नयाँ मोड, जर्मन मेक्सिकोसँग पराजित, ब्राजिल स्वीट्जरल्याडसँग बराबरीमा
English