झण्डा परिवर्तन गर्न अष्ट्रेलियालाई न्यूजिल्याण्डको चुनौती, चोरी गरेको आरोप

न्यूजिल्याण्डका कार्यवाहक प्रधानमन्त्री विन्स्टन पिटर्सले अष्ट्रेलियाले न्यूजिल्याण्डको झण्डा कपी गरेको आरोप लगाएका छन् । उनले अष्ट्रेलियालाई आफ्नै प्रकारको झण्डा बनाउन पनि चुनौती दिएका छन् । स्थानीय टीभी न्यूजिल्याण्डसँग कुरा गर्दै कार्यवाहक प्रधानमन्त्रीले भनेका छन्, “हामी लामो समयदेखि यही झण्डा प्रयोग गरिरहेका छौं । तर, अष्ट्रेलियाले यसलाई कपी गर्यो, जुन राम्रो होइन । उनीहरुले आफ्नो झण्डा परिवर्तन गर्नुपर्छ ।” प्रधानमन्त्री जसिन्डा आर्डेन सुत्केरी बिदामा भएका कारण कार्यवाहक पद पाएका उनले यस्तो प्रतिक्रिया दिएपछि अष्ट्रेलियाबाट भने कुनै भनाई सार्वजनिक भएको छैन । न्यूजिल्याण्डले यो झण्डा सन् १९०२ देखि प्रयोग गर्दै आएको छ । तर, अष्ट्रेलियाले सन् १९५४ मा मात्रै झण्डालाई वर्तमान स्वरुप र आकार दिएको हो । त्यसअघि सन् १९०१ देखि अष्ट्रेलियाका अन्य विभिन्न खाले झण्डाहरु प्रयोगमा आउँथे । यसअघि न्यूजिल्याण्डमा झण्डा परिवर्तन गर्नुपर्छ भन्ने विषयमा भएको जनमतसग्रहमा ५६ दशमलब ६ प्रतिशत बासिन्दाले यसको विरोध गर्दै अहिलेकै झण्डालाई निरन्तरता दिनुपर्ने भोट दिएका थिए ।

(Visited 1,855 times, 1 visits today)

सम्बन्धित समाचारहरू

श्रीलंकाको राष्ट्रपतिको भारतमा हत्या योजना बनाएको आश्चर्यजनक खुलासा
दशैंको आठौं दिन महाअष्टमी, कालरात्रीको पूजा गरी शक्तिको उपासना गरिँदै
एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
आयो दशैं, टुँडिखेलमा सेनाले गर्यो फूलपाती बढाई
तामांग सोसाईटी अफ भिक्टोरियामा नयाँ नेतृत्व, पेमा दोर्जी बने अध्यक्ष
नारायणहिटीमा श्रीपेच प्रदर्शनमा, उद्घाटन कार्यक्रममै प्रधानमन्त्रीले दिए दनक
कार्तिक १५ देखि नेपालमा पाराग्लाईडिङ्ग विश्वकप हुँदै
माधव नेपालले भने, सम्बृद्धिको बाधकलाई कारवाही गरौं
महेश भण्डारीले पाए लालोर हिरो एवार्ड !
बाख्राको मासु खसीको भन्दै बेच्ने पक्राउ परे केही, सुपरग्लूले मासु टाँसेको भेटियो
English